विष्णु मगर । देवघाट, कार्तिक २२
देवघाट–५ स्थित रानीवन सामुदायिक वन उपभोक्ता समुहको २९ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवुरले सामुदायिक वनहरु उपभोक्ताको आर्थिक उन्नती आय आर्जनमा लाग्नुपर्ने बताए । उनले कुनै पनि लगानीलाइ अनुपात्दन क्षेत्रमा भन्दा उत्पादन क्षेत्रमा लगानी गर्न सके त्यस बाट लाभ लिन सकिने कुँवरले बताए ।



विशिष्ट अतिथि सामुदायिक वन महांंसघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनका प्राकृतिक स्रोतलाइ उचित प्रयोग गर्दै मानिसको जनजिवनसँग जोडिने पर्ने बताए । पछिल्लो समयमा देवघाट कलेजले धेरै चर्चा लिइ रहेको छ यस कलेजलाइ सफल पार्नको लागि पनि सामुदायिक वनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने न्यौपानेले बताए । सामुदायिक वन भित्र रहेको जो आर्थिक अबस्थाले बमजोर भई उच्च शिक्षा हासिल गर्न सकिरहेको छैन त्यी व्यक्तिलाई पहिचान गरि सामुदायिक वनले पठनपाठनमा आर्थिक व्यवस्थापन गरि पुण्य काममा सहभागी गर्न पर्ने न्यौपानेले बताए ।
सव डिभिजन वन कार्यालय देवघाटका प्राविधिक लोकराज उपाध्यायले सामुदायिक वन समितिको मात्र नभइ सिङ्गो उपभोक्ताको रहेको हुदा सबै मिलि वनलाई सरंक्षण प्रवद्र्ध गर्न लाग्नुपर्ने बताए । मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले वर्ष भरी के गर्याे त्यसको समीक्ष गर्ने र आगामी दिनमा के कसरी जानी भन्ने कुराकोको छलफल गर्ने दिन साधारण सभा रहेको बताए ।
सो कार्यक्रममा रानीवन सामुदायिक वनका पुर्व अध्यक्ष पञ्च बहादुर आलेले रानीवन सामुदायिक वन धेरै कठिनाइ समाल्दै यो अबस्थासम्म आएको भन्दै सामुदायिक वनले के कस्तो कामहरु गरेको छ भन्ने कुराहरुको हरेक उपभोक्ताले चासो दिन सके सामुदायिक वनले फड्को मार्न सक्ने बताए । भरतपुर महानगरपालिका वडा नम्बर २९ का पुर्व अध्यक्ष मान वहादुर थापाले सामुदायिक वनहरु अबको समयमा फरक ढङ्गले अगाडि बढ्नुपर्ने बताए । सामुदायिक वनले दिगो आम्दानी आउने स्रोत बनाउनुपर्ने थापाले बताए ।
देवघाट वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगरले अबको दिनमा दिगो आम्दानी हुने स्रोतको पहिचान गरि काम गर्न पर्ने बताए । वडा सदस्य कमला गुरुङले पछिल्लो समयमा सामुदायिक वनहरुले वडासँग समन्वय गरि कामहरु गर्दै आएको बताइन् । देवघाट गाउँपालिकामा ३९ वन रहे पनि सबै वनहरु सक्रिय नभएको गुरुङले बताइन् । वडा सदस्य बुद्धि बहादुर पाण्डेले वनहरुमा धेरै जडिवुटी रहेको छ तर त्यसलाइ पहिचान गर्न नसक्दा खेरा गइरहेको हुदा त्यसलाई समिति गठन गरि जडिबुटी पहिचान गरि विक्रि वितरण गर्न सके आम्दानी लिन सकिने बताए ।
उक्त कार्यक्रममा वनले झाडी सरसफाइ गर्ने मध्ये उत्कृष्ट काम गर्ने एक महिला एक पुरुष उपभोक्तालाई सम्मान गरिएको थियो । यसै गरि रानीवन सामुदायिक वनले पुर्व अध्यक्ष सन्त बहादुर ल्याहोलाई दोसल्ला ओढाइ प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो भने अपाङ्ग भएको ५ जना व्यक्तिलाई सम्मान गरिएको थियो । त्यस्तै ९० जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो ।
रानीवन सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीको अध्यक्षतमा भएको उक्त कार्यक्रम सन्चालन गर्दै सचिव इन्द्रा माया थापाले गत वर्ष १५ सय सर्पगन्ध रोपेको र सेनेटरी प्याड बनाउन तालिम दिएको भन्दै आगामी दिनमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि सम्मान गर्ने बताइन् ।












