युवा अभियन्ता गफ्फारको पहलमा चेपाङ समुदायलाई कपडा वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २२

दमौलीका युवा अभियान्ता महम्मद गफ्फार (सुदिप) र उनको समुहले कपडा बैंक स्थापना गरेर आर्थिक रूपमा कमजोर व्यास–११ ओडारे स्थिति चेपाङ समुदायलाई कपडा वितरण गरेका छन् ।

गफ्फारले सन्चालनमा ल्याएको कपडा बैंक मार्फत व्यास–११ स्थित राम्चे ओडारेका विपन्न चेपाङ समुदायको ४२ घर धुरी रहेको समुदायमा २५ हजार मुल्य बरवारको न्यानो कपडा बितरण गरिएको छ । तिहारमा देउसी भैलो खेलेर संकलित रकमवाट नयाँ कपडा खरिद तथा दाताहरुबाट प्राप्त भएको लगाउन मिल्ने कपडा बितरण गरिएको गफ्फारले जानकारी दिए ।

उक्त कार्यक्रममा वडा सदस्य गोकुल दुराले भौगोलिक हिसावले बिगत र अल्पसंख्यक चेपाङ्ग समुदायकालाई गरिएको सहयोग सरहानीय रहेको बताए । राम्चे ओडारे टोल बिकास संस्थाका अध्यक्ष सन्त बहादुर चेपाङ्गले राज्यको नजरवाट पिछडिएको चेपाङ्ग समुदायलाई जाडो मौसममा प्रयोग गर्नको लागि न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । गफ्फारको समुहले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङ गाउँपालिकाको स्पष्टिकरणः पोषण सम्बन्धी कार्यक्रममा थियौ, नियतबश सेवाग्राहीलाई कुराएको हैन

तनहुँ । जेठ २ घिरिङ गाउँपालिकाले सेवाग्राहीलाई कुराएको भन्ने सम्बन्धमा सामाजिक सन्जालमा भाईरल भएको एक