जिल्ला प्रशासन र प्रहरी कार्यालयद्वारा शुक्लागण्डकीमा नागरिक सुनुवाई

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २२

जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा शुक्लागण्डकीमा शुक्रवार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बेलचौतारामा आयोजित कार्यक्रममा सहभागिहरुले लागूऔषध दुव्र्यसनी, ट्राफिक नियमको उल्लंघन, सवारी दुर्घटना, नदिजन्य पदार्थको अवैध ओसारप्रसार, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, सुचना दिनेको गोपनियता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

स्थानीय लक्ष्मी सिग्देलले प्रहरीलाई सुचना दिदा गोपनियतामा ध्यान दिन आग्रह गरिन् । व्यवसायी एवम् काङग्रेस युवा नेता रवि केसीले चोरीका घट्ना भई भिडियोसहित प्रहरीलाई बुझाउदा समेत उनीहरुलाई कार्वाही नगर्दा थप चोरीका घट्ना भएको उल्लेख गरे । रास्वपा नेता राजेश पाण्डे र राप्रपाका युवा नेता शिर्षक भट्टराईले प्रहरीले सबैलाई समान व्यवहार गरि कर्तव्य पालना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राममकृष्ण अधिकारीले संविधानले दिएका अधिकार र स्थानीय तहले पाएका अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकारनै बढि लाग्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर कार्कीले लागूपदार्थ दुव्र्यसनी नियन्त्रणकालागि प्रहरीको भन्दा समुदायको भूमिका बढि हुने भएकाले सुचना दिएर सहयोग गर्न आग्रह गरे । उनले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणसँगै कम जनशक्तिमा विभिन्न काममा प्रहरी लाग्नुपर्ने भएकालेपनि कतिपय अवस्थामा जनताको गुनासो तत्काल सम्बोधन नभएको हुन सक्ने बताए ।

नगर प्रमुख कृष्णराज पण्डितले शुक्लागण्डकी लागपुदार्थ दुव्र्यसनीकोलागि हब बन्दै गएको बताउदै परिवार र समुदायले यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू