एमाले तनहुँले महाधिवेशन तयारीसँगै जनपरिचालन गर्ने

Devghat Online

शेयर गरौ

तोडफोड, आगजनी र लुटपाटमा संलग्न कार्यकर्तालाई कारवाही गर्ने

तनहुँ । कार्तिक २२

नेकपा एमाले तनहुँले पार्टीको एघारौं महाधिवेशनको तयारीसँगै जनपरिचालन गर्ने भएको छ । नेकपा एमाले तनहुँ जिल्ला कमिटिको शुक्रबार सम्पन्न सातौं पुर्ण बैठकले वर्तमान असंबैधानिक सरकारको विरुद्ध तथा प्रतिनिधि सभाको पुनस्थापनाको पक्षमा जनपरिचालन र महाधिवेशनको तयारी गर्ने निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार केन्द्रीय कार्यक्रम अन्तर्गत कार्तिक २२ गते शनिबार जिल्लाका ८५ वटै वडामा वडा स्तरीय सभा सम्पन्न भएको छ । तल्लो तहबाट नै प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा माहौल निर्माण गर्न सबै वडामा वडा भेला तथा विस्तारित बैठक आयोजना गरिएको एमालेले जनाएको छ । त्यसैगरि कार्तिक २५ गते जिल्लाका सबै स्थानीय तहमा सभा र कार्तिक २९ गते जिल्ला स्तरीय बिशाल जनसभा गर्ने एमालेले निर्णय गरेको छ । पार्टीको एघारौं महाधिवेशनको उद्घाटन कार्यक्रममा मंसिर २७ गते तनहुँबाट धेरै भन्दा धेरै कार्यकर्ता उपस्थित गराउने निर्णय पनि गरिएको एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले बताए ।

यस्तै बैठकले पार्टी प्रवेश तथा घर फर्क अभियानलाई सबै वडा स्तरसम्म सन्चालन गर्ने निर्णय समेत गरेको छ । बैठकले पार्टीको अनुशासन विपरित कार्य गरेको भन्दै जिल्ला कमिटि सदस्य नुर महम्मद मियाँलाई पार्टी सदस्यबाट निस्काशन गर्दै रिक्त स्थानमा व्यास नपा–४ का रफिक मियाँलाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।

बैठकले गत भदौ २४ गतेको आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीको घटनामा कुनै कार्यकर्ता संलग्न भएको पाईए कारवाही गर्ने निर्णय समेत गरेको छ । साथै जने जी आन्दोलनपछि सामाजिक सन्जालमा पार्टी र नेतृत्वको विरुद्ध अभिव्यक्ति दिने केही जिल्ला कमिटि सदस्य र कार्यकर्तासँग लिखित स्पष्टिकरण माग्ने निर्णय समेत गरेको छ ।

बैठकले एघारौं महाधिवेशनको लागि मंसिर १३ गते क्षेत्र नम्बर १ को डुम्रे, क्षेत्र नम्बर २ को खैरेनीटार र दलित सदस्यहरुको लागि पार्टी कार्यालय दमौलीमा स्थान तोक्ने निर्णय समेत गरेको छ । महाधिवेशन प्रतिनिधि मध्ये जिल्लाका सम्पुर्ण दलित सदस्यहरु मध्येबाट एक जना, क्षेत्र नम्बर १ बाट २ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनिका युवा गरि पाँच जना र क्षेत्र नम्बर २ बाट ३ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनिका युवा मध्येबाट १ जना गरि ६ जना प्रतिनिधि रहनेछन् ।

जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेलको अध्यक्षतामा भएको उक्त बैठकमा स्थायी कमिटि सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकारहरु एकबहादुर राना, प्रतापलाल श्रेष्ठ र नरेन्द्रराज वाग्ले, प्रदेश कमिटिका सचिव धनन्जय दवाडी, लगायतले मन्तव्य राखेका थिए । बैठकमा प्रदेश कमिटिका सदस्यहरु श्रीप्रसाद श्रेष्ठ, श्यामराजा महत, प्रेम राना, देवु विष्ट, रामबहादुर गुरुङ, होमबहादुर थापा, रत्ना घिमिरे, मनुमाया श्रेष्ठ, कमल ढकाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको