राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा विश्व बुढा बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २३

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा विश्व बुढा परियार बिजयी भएका छन् । प्रतिष्ठान तनहुँको अधिवेशन अन्तर्गत आइतबार अध्यक्ष पदमा भएको निर्वाचनमा परियार बिजयी भएका हुन् । परियारले १२२ मत पाएका थिए भने उनको प्रतिस्पर्धी शुभद्रा श्रेष्ठले ८९ मत पाएकी थिइन् ।

प्रतिष्ठानको अन्य पदाधिकारीहरु भने सर्वसम्मत चयन भएका छन् । प्रथम उपाध्यक्षमा अनुराग थापा मगर, द्वित्तीय उपाध्यक्षमा दीपक राई, महिला उपाध्यक्षमा सावित्रा हड्खले, सचिवमा सूर्यप्रसाद छिमाल, कोषाध्यक्षमा अमृतबहादुर गन्धर्व, सहसचिवमा रामचन्द्र गौली र सह–कोषाध्यक्षमा थममाया विक चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा केशव अजिङगर, बिमला दरै, आशा दरै, अतिना विक, कमल आले, मनु थापा मगर, जस्मोती गुरुङ, बुद्धि बहादुर पराजुली (विष्णु), अश्मी गुरुङ, शोभा थापा, ईश्वर परियार र देउ माया विक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता