मिनि ट्रकको ठक्करबाट बेलचौतारामा महिलाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २३

मिनि ट्रकको ठक्करबाट आइतबार शुक्लागन्डकी नगरपालिका–५ को बेलचौतारामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी बर्ष ३७ की देवी तिवारी पौडेल रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ शुक्लागण्डकी नपा–५ बेलचौतारा स्थित पृथ्वीराजमार्गमा दुलेगौंडाबाट खैरेनीटार तर्फ आउँदै गरेको ग १ क १८४५ नम्बरको मिनि ट्रकले पैदल यात्री पौडेललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई घाईते बनाएको थियो ।

उनको उपचारको लागी जिपी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा पठाएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक