दुलेगौंडा खानेपानीको ३३ औं वार्षिकोत्सव एवम् एघारौं वार्षिक साधारणसभा

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २३

दुलेगौंडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ३३ औं वार्षिकोत्सव एवम् एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । दुलेगौंडामा शनिवार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले सरकारले गर्नुपर्ने कार्य उपभोक्ता समितिले गरेको भन्दै खानेपानीको उपलब्धता दिगो बनाउनुपर्नेमा जोड दिए ।

उपप्रमुख खुम बहादुर विक राजुले मानवीय गतिविधिका कारण पानीको मुल सुक्दै गएको बताउदै आम उपभोक्ता सचेत हुनुपर्ने उल्लेख गरे । समितिका अध्यक्ष राजुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष राज कुमार वाग्ले, पूर्व अध्यक्ष शिव कुमार श्रेष्ठ, पूर्व उपाध्यक्ष लक्ष्मी सिग्देल, आन्तरिक लेखा समिति संयोजक ज्ञान नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

उपाध्यक्ष मिठुमाया राना थापाले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष बेल बहादुर श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन र सञ्चालन सचिव जगदिश गौतमले गरेका थिए । समिति अन्तर्गत हाल ९ सय ३० धाराहरु जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल