सोमबार र मंगलबार विभिन्न समयमा डुम्रे–वेसीशहर सडक बन्द हुने

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २३

डुमे्र–बेसीशहर–चामे सडक योजना अन्तर्गतको डुम्रे–वेसीशहर सडक खण्डको भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सोमबार र मंगलबार विभिन्न समयमा बन्द हुने भएको छ ।

उक्त खन्डमा सडक रोडवे एकसाभेसन गर्नुपर्ने भएकोले सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्य प्रगतिमा सहजीकरणका लागि डुम्रे वेसीशहर सडक खण्डको भानु नगरपालिका स्थित चाम्बास देखि तुरतुरे सम्म सोमबार र मंगलबार दुई दिन विहान ६ः३० बजे देखि ९ः०० बजे सम्म, विहान ११ः०० बजे देखि दिउसो १ः०० बजे सम्म र दिउसो २ः०० बजे दिखि दिउसो ४ः०० बजे सम्म बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सो सममा उक्त सडक खण्डको चाम्बास देखि तुरतुरेसम्म सवारी आवागमन बन्द गरी निर्माण कार्यमा सहजीकरणका लागि डुम्रे बेसीशहर चामे सडक योजनाबाट लेखि आएकोमा उक्त समयावधिभर सडक अवरुद्ध हुने प्रशासन कार्यालयले आइतबार प्रकाशित गरेको सुचनामा जनाईएको छ । उक्त बन्दको अवधिमा तुरतुरे–पालुङटार–खत्रिटार हुदै विमलनगर बैकल्पिक रुट प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा