भारतको पन्जावमा भएको कराँते प्रतियोगितामा देवघाटकी मनिषा प्रथम

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २३

भारतको पन्जावमा सम्पन्न भएको चौंथो इन्ट्रनेशनल कराँते प्रतियोगितामा तनहुँ देवघाटकी मनिषा गुरुङ प्रथम भएकी छिन् । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएकी देवघाटकी मनिषा एकल काता तर्फ प्रथम भएकी हुन् ।

उक्त प्रतियोगितामा १२ जना प्रतियोगितामा सहभागी भएका थिए । सो प्रतियोगितामा भारतबाट तिन जना, नेपालबाट ६ जना र श्रीलङ्का र बंगलादेशका खेलाडीहरु पनि सहभागि थिए ।

मनिषाका कराँते प्रशिक्षक रुद्र बहादुर गुरुङले पछिल्लो समयमा मनिषाले देवघाटको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गर्दै आएको बताए । मनिषालाई स्थानिय सरकारबाट आर्थिक सहयोग गर्न सके अझ धेरै प्रगति गर्न सक्ने प्रशिक्षक रुद्र बहादुर गुरुङले बताए ।

उक्त कराते प्रतियोगितामा आवत जावतको खर्च केही रकम मनिषा आफैले खर्च गरेकी थिइन् भने बाँकी खर्च प्रशिक्षक गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको