तनहुँ । कार्तिक २७
भिमाद नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका सहकारी संस्थाका प्रतिनिधिलाई व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।



मंगलबारदेखी आयोजित तालिममा भिमाद नगरपालिका क्षेत्रभित्र रहेका प्रारम्भिक सहकारी संस्थाका कर्मचारीहरु सहभागी थिए । तालिममा विभिन्न सहकारीबाट १६ जना कर्मचारीको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षणमा प्रशिक्षक योगमणि पाण्डेयले सहजिकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत अजय सुवेदीले गरेका थिए भने तालिमको संयोजन महिला विकास निरिक्षक विना श्रेष्ठले गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले उद्घाटन गरेको सो तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दधिराज सुवेदी सहकारी संस्थाहरुले गरिवि निवारणमा भुमिका खेल्नुपर्ने बताए ।












