व्यास नपाको एउटै वडाबाट २ करोड बढिको सुन्तला विक्री

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १८

व्यास नगरपालिकाको वडा नम्बर १३, बेनीकोटका किसानले यस वर्ष मात्र दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । बेनीकोटका किसानले सुन्तला विक्री गरि यस वर्ष २ करोड भन्दा बढि रकम भित्र्याएका छन् ।

कृषक फलबहादुर थापाले बेनिकोटबाट मात्रै दुई करोड बढीको सुन्तला बिक्री भएको बताए । आफूले पनि १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको उनले बताए । थापाका अनुसार कालबहादुर रानाले चार लाख, मनसिंह थापाले दुई लाख १० हजार बराबरको सुन्तला बिक्री गरेका छन् ।

सुन्तला टिप्ने र दाना मिलाउने चटारोले बेनीकोट अहिले पूरै सुन्तलामय बनेको छ । उक्त गाउँबाट अहिले दैनिक पाँच गाडी सुन्तला ढुवानी भईरहेको छ । बेनीकोटमा सुन्तलाको बोट नभएको घर नै छैन । हरेक घरमा न्यूनतम २० देखि अधिकतम ८०० सुन्तलाको बोट रहेका छन् ।

तर सडकको कारण उक्त गाउँबाट सुन्तला बजारसम्म ल्याउन भने समस्या भईहरेको छ । सडकको स्तरोन्नती नभएको कारण सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण भएको हो । जोखिमपुर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । बेनीकोटका सुन्तला ठेकेदारले खरिद गरि काठमाण्डौँ, चितवन, पोखरासम्म ढुवानी गरिरहेका छन् ।

जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार ७ हजार ९२५ रोपनीमा फैलिएको सुन्तला क्षेत्रलाई व्यवस्थापन गर्न ३० लाख, र नयाँ बगैँचा विस्तारका लागि ७ लाख ५ हजार विनियोजन गरिएको छ । हालसम्म ६ सयभन्दा बढी किसान लाभान्वित भएका छन् । ४३ रोपनी क्षेत्रमा नयाँ रोपाइँ गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेको भनाइ छ ।

गत वर्ष मात्रै तनहुँबाट ४२ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला बिक्री भएको तथ्याङ्क छ । ग्रिनिङ रोग नियन्त्रण, मल–औषधी वितरण, पुनःरोपाइँ तथा बगैँचा व्यवस्थापन कार्यक्रमले उत्पादन वृद्धि भएको कार्यालयले जनाएको छ । काठमाडौँ, चितवन, पोखराजस्ता ठुला बजारमा पुग्ने बेनीकोटको सुन्तला गुणस्तरका कारण झनै लोकप्रिय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय