एभरेष्ट एकेडेमीको शिक्षक अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

मंसिर १९ चितवन  ।

भरतपुर वडा नं २२ पदमपोखरीमा रहेको एभरेष्ट एकेडेमीले शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रमणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवनका पूर्व अध्यक्ष एवम् भरतपुर प्याब्सनका संस्थापक अध्यक्ष टीकाराम चापागाईंको प्रमुख आतिथ्यता रहेको  थियो ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा समेत रहनुभएका प्रमुख अतिथि टीकाराम चापागाईंले कार्यक्रममा ‘अभिभावन शैली’ मा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

विद्यालयका प्रिन्सिपल प्रशान्त गिरीले विद्यालय र अभिभावक बिचको दुरी कम गर्दै शिक्षक, विद्यार्थी र अभिभावकको सहसम्बन्धले नै सिकाइमा सुधार ल्याउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।   विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रमणी सुवेदीले  अभिभावक र विद्यालय बिचको कार्यक्रम अर्थपूर्ण भएको बताउँदै कार्यक्रममा उपस्थित हुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल सरोज थपलियाले कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको