घिरिङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २०

घिरिङ गाउँ पालिकाको आयोजना तथा बहिनी एडुकेयर फाउन्डेसन पोखराको प्राविधिक सहयोगमा शनिबार घिरिङ गाउँपालिका-४ स्थित महेन्द्रज्योती माविमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवि अधिकारीले उद्घाटन गरिन् ।

उक्त शिविरमा दन्त विशेषज्ञ निको डेन्टल क्लिनिककी डा.बिजयता श्रेष्ठ, मणिपाल शिक्षण अस्पताल पोखराकी स्त्रीरोग विशेषज्ञ डा.सुन्दरी थापा, , मणिपाल शिक्षण अस्पताल पोखराका छालारोग विशेषज्ञ डा.विष्णुप्रसाद अधिकारी र गन्डकी मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा.सौरभ गौतमले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा ११५ जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।

वडा नम्बर ४ का वडा अध्यक्ष भिमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अधिकारी, कार्यपालिका सदस्य रिमा कुमाल, महेन्द्र ज्योती माविका प्रअ तेजनारायण शाह लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य घिरिङ स्वास्थ्य चौकीका प्रमुख प्रितम थापाले र सन्चालन तथा व्यवस्थापन घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक