दमौलीका बालबालिकालाई दोश्रो चरणको स्वर्णविन्दु प्राशन खुवाईयो

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २२

प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले एक देखी पाँच वर्ष उमेरसम्मका बालबालिकालाई दोश्रो चरणको स्वर्णविन्दु प्राशन खुवाएको छ । नेपाल सरकारको कार्यक्रम अनुसार कार्तिक २५ गते पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमा बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाईएको थियो । सोमबार यस अघि खुवाईएको ७५ जना र नयाँ २१२ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाईएको प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका कविराज निरिक्षक भोजहरी रानाभाटले जानकारी दिए ।

सरकारले यसै वर्षदेखी एक वर्ष देखी पाँच वर्ष उमेर सम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सन्चालन गरेको हो । उक्त कार्यक्रम पहिलो पटक २५ जिल्लामा लागु गरिएको छ । स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन तयार गरिएको हो । उक्त स्वर्णविन्दु प्राशन आयुर्वेद चिकित्सकको प्रतक्ष्य निगरानीमा खुवाईएको हो ।

एक वर्षदेखी दुई वर्षसम्मका बालबालिकालाई दुई थोपा र दुई देखी पाँच वर्षसम्मका बालबालिकालाई चार थोपा खुवाईएको आयुर्वेद चिकित्सक डा.किरण पौडेलले बताए । यो मात्रा नेपाल सरकारको कार्यविधि अनुसार नै खुवाईएको उनले बताए ।

स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारका तौल बढ्ने र उचाई बढ्ने, बौद्धिक क्षमताको बृद्धि, रोगप्रतिरोधात्मक क्षमताको बृद्धि लगायतका फाईदा हुने पौडेलले बताए । तर ज्वरो, झाडापखला, अजिर्ण, आउँ, रुघाखोकी तथा एलर्जी भएका बालबालिकालाई भने यो स्वर्णविन्दु प्राशन नखुवाईने पौडेलले बताए ।

प्रत्येक महिना पुष्य नक्षत्रमा खुवाईने उक्त स्वर्णविन्दु प्राशन अव पुस २१, माघ १८, फागुन १६, चैत १४, बैशाख १० जेठ ६ र असार ३ गते खुवाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय