खेल मैदान संरक्षणमा जुटे दमौलीका युवाहरु

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १

दमौलीका खेलप्रेमी युवाहरु व्यास नपा–२ मा रहेको खेलमैदानको संरक्षणमा जुटेका छन् । व्यास नगरपालिकाको स्वामित्वमा रहेको उक्त खेल मैदानमा मेला÷महोत्सवको नाममा खेलमैदानको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै दमौलीका युवाहरुले उक्त खेल मैदानको संरक्षण गर्न माग गरेका छन् ।

मंगलबार व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै दमौलीका युवाहरुले उक्त खेल मैदानमा खेलकुँदका कार्यक्रम मात्र गर्न दिनुपर्ने माग गरेका हुन् । दमौलीको विभिन्न क्लवमा आवद्ध युवाहरुले खेलमैदानको अस्तित्व जोगाउन र मेला महोत्सवको कार्यक्रम गर्न नदिन माग गरेका हुन् ।

दमौलीका युवा बासु सापकोटा, भुवन गोशेली लगायतले खेल मैदानको अस्तित्व नै समाप्त गर्ने किसिमका गतिविधि हुन थालेपछि आफुहरु जुटेको बताए । उनीहरुले उक्त खेलमैदानमा मेला र महोत्सवको कार्यक्रम गर्र्न दिँदा खेलमैदानको स्वरुप बिग्रने चिन्ता गरेका छन् ।

व्यास नगरपालिकाको गत मंसिर २२ गते बसेको २२७ औं कार्यपालिकाको बैठकले नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँले यही पुस २४ देखी माघ ५ गतेसम्म गर्न लागेको आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महोत्वसको लागि अन्तिम पटक भन्दै उक्त खेलमैदानमा महोत्सव आयोजना गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णय पछि खेलमैदानको अस्तित्व मेटिने चिन्तामा खेलप्रेमीहरु छन् ।

विपि वन बाटिकामा रहेको उक्त खेलमैदानमा गत वर्ष व्यास नगरपालिकाले १५ लाखको लागतमा पुननिर्माण गरेको थियो । उक्त मैदानमा महोत्सवको नाममा खाल्डा खुल्डी खनिँदा मर्मतको कुनै काम नहुनेतर्फ चिन्ता व्यक्त गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महोत्सवको आयोजक पक्षसँग थप छलफल गरि यस बारेमा पुनः निर्णय गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता