अपाङ्गता भएका व्यक्तिको माग पुरा गर्न भण्डारीद्वारा मन्त्रीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १

म्याग्दे गाउँपालिका–७ निवासी अपाङ्गता अधिकारकर्मी दिपक भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुको माग पुरा गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको ध्यानाकर्षण गराएका छन् । भण्डारीले मंगलबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई मन्त्रालयमा भेटी ध्यानाकर्षण पत्र बुझाएका थिए ।

अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवाको माग राखी २०८० चैत १६ गतेदेखि काठमाडौंकी शान्तिवाटिका रत्नपार्कमा संघर्षरत भण्डारी लगायत अपाङ्गता भएका व्यक्तिहरूको टिमसँग महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०८१ बैशाख १ गतेबाट ११ जना अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा सुचारु गर्छौं भनी सम्झौता गरेको थियो ।

उक्त सम्झौता पछि आफ्नो धर्ना स्थगित गरेपनि मन्त्रालयले कार्यान्वयनमा नल्याएपछि भण्डारी पुनः २०८१ बैशाख १८ गते बाट पुनः काठमाडौंको शान्तिवाटिका रत्नपार्कमा धर्नामा बसेका थिए । सोही क्रममा पुनः फेरि २०८१ जेठ २५ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि सहयोगी सेवा सम्बन्धी कार्यविधि ४५ दिनभित्र बनाएर सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएपछि भण्डारीले त्यतीबेलासम्मको लागि आफ्नो धर्ना स्थगित गरेका थिए ।

सोही बेलासम्म आन्दोलनलाई स्थगित गरेका भण्डारीलाई मन्त्रालयले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा अस्थायी बसोबास गर्न भनि पठाएको थियो । तर सहमती बमोजिम २०८२ भदौ २६ गतेसम्मपनि कार्यवधि बनाएर सेवा सुचारु नभएको कारणले गर्दा भण्डारी सोही गृहमा बस्दै आएका छन् ।

‘यसरी म एउटा सीमित घेराभित्र बस्नुपर्दा म आफ्नो घरपरिवार छरछिमेक समाज इष्टमित्र साथीभाई, धर्म संस्कृति चाडवाड सांस्कृतिक गतिवधिहरु सबैबाट टाढा रहनुपरेको छ जसको कारणले गर्दा ममा अनेकौं सोचाइ र तनाव थपिएको छ साथै जुन ठाउँमा तपाईंहरूले मलाई राख्नुभएको छ त्यस संस्थाको आवासीय सेवा सुविधा पनि मानवले स्वतन्त्र रुपमा उपभोग गर्न पाउनुपर्ने अधिकारभन्दा धेरै फरक छ यस्तो सम्म कि कुनै गल्ती गरेबापत अपरिचित ठाउँमा लगेर राखेको बन्धक वा पिजडामा थुनेर राखेको निर्दोष चरीले भोग्नुपर्ने पिडाभन्दा कम छैन ।’ भण्डारीले ध्यानाकर्षण पत्रमा भनेका छन् ‘यहाँको प्रशासन साथै संस्थाका सदस्यहरू कसैलाई पनि अपाङ्गता भएका व्यक्तिहरूलाई के कुराको आवश्यकता छ उनीहरूलाई कस्तो किसिमको सेवा सुविधा चाहिएको हो ती सेवा सुविधा कसरी दिनुपर्छ के गरेमा त्यस्ता सेवा सुविधा सहज र सरल तरिकाले उपलब्ध गराउन सकिन्छ भन्ने कुरामा चासो नै छैन साथै यो संस्थाका कार्यसमितिका पदाधिकारिहरु बिच भएको द्वन्द्वको कारणले गर्दापनि मेरो दिनचर्यामा असर पारेको छ ।’

यिनै कारणले गर्दा आफू डिप्रेसनको सिकार हुन लागेको महसुस भएको भण्डारीले गुनासो गरेका छन् । त्यसैले आफुलाई थप मानसिक जटिलता उत्पन्न हुनुभन्दा पहिले नै व्यक्तिगत सहयोगी सेवाको कार्यविधि बनाएर सेवा सुचारु गरि उक्त केन्द्रबाट बाहिर निकाल्ने प्रबन्ध मिलाइदिनुहुन भण्डारीले मन्त्री श्रेष्ठ समक्ष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता