सिकेविके क्याम्पसमा अक्षयकोषको लागि एकलाख ५१ हजार रुपैयाँ प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २

पवित्रा मावि बन्दीपुरका पुर्व प्रअ बन्दीपुर गाउँपालिका–१ निवासी पदमबहादुर अधिकारीले सोही वडामा रहेको चिजकुमार विष्णुकुमारी (सिकेविके) क्याम्पसमा अक्षयकोष स्थापनाकोलागि एक लाख ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रममा अधिकारीले क्याम्पस सन्चालक समितिका अध्यक्ष सुन्दरलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

उक्त रकमबाट अक्षयकोष स्थापना गरि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती उपलब्ध गराईने क्याम्पस प्रमुख माधव पण्डितले जानकारी दिए ।

यसैविच क्याम्पसले बुधबार पवित्रा माविका नवनिर्वाचित व्यवस्थपान समितिका अध्यक्ष डिलबहादुर राना र नवनियुक्त प्रअ विष्णुप्रसाद न्यौपानेलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । पवित्रा माविका अध्यक्ष र प्रअ सिकेविके क्याम्पसको सन्चालक समितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।

उक्त कार्यक्रमको सन्चालन क्याम्पस सन्चालक समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख माधव पण्डितले गरेका थिए । सो कार्यक्रममा क्याम्पस सन्चालक समितिका अन्य सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक