एमालेको समानुपातिक सुचीमा तनहुँबाट शुन्य

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १७

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सुचीमा तनहुँ जिल्ला शुन्य भएको छ । समानुपातिकको बन्द सुचीको लागि तनहुँ जिल्ला कमिटिले चार जना नेताहरुको नाम सिफारिस गरेको भएपनि एमाले केन्द्रले तनहुँलाई शुन्य बनाएको हो ।

जिल्ला कमिटिले सविता रसाईली, एकबहादुर राना, प्रतापलाल श्रेष्ठ र मोहनकुमार सुनारलाई समानुपातिकको बन्द सुचीको लागि सिफारिस गरेको भएपनि केन्द्रले उनीहरु कसैलाई पनि समानुपातिकको बन्द सुचीमा राखेन ।

एमालेले तनहुँबाट कसैलाई पनि समानुपातिकको बन्द सुचीमा नराखेपछि तनहुँका कार्यकर्ता निराश भएका छन् । एमालेलाई समानुपातिकमा तनहुँको भोट नचाहिने रहेछ भन्दै जिल्लाका कार्यकर्ताले ब्यङ्ग्य गरेका छन् ।

एमाले मात्र नभई अर्काे कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि तनहुँबाट कसैलाई पनि समानुपातिकको बन्द सुचीमा राखेको छैन । उक्त पार्टीले एक दर्जनको संख्यामा नेताहरुलाई समानुपातिकमा सिफारिस गरेपनि पार्टीले भने कसैलाई पनि राखेन ।

समानुपातिक तर्फ तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीले मानकाजी श्रेष्ठ, डा.रुपक विश्वकर्मा र किशोर गन्धर्व गरि तिन जना, नेपाली काँग्रेसबाट इन्दिरा खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गौमाया श्रेष्ठलाई समानुपातिकमा समावेश गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल