तनहुँ । पुस २४
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतीमा शेषराज श्रेष्ठ निर्वाचित भएका छन् । इकाईको बुधबार सम्पन्न १३ औं अधिवेशन तथा ३० औं साधारण सभा अन्तर्गत सभापतीको लागि भएको निर्वाचनमा २३५ मत प्राप्त गरि श्रेष्ठ सभापतीमा निर्वाचित भएका हुन् । सभापतीमा प्रतिश्पर्धा गरेकी अन्जु दाहालले १८१ मत प्राप्त गरिन् । सभापतीमा सर्वसम्मत नभएपछि निर्वाचन गरिएको थियो ।



इकाईको उपसभापतीमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अलि मिया, बलराम वाग्ले, दिपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पुर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशेली, शुनिल अधिकारी र शुनिल मल्ल सर्वसम्मत चयन भए ।
त्यसैगरि जिल्ला प्रतिनिधिहरूमा भरत कुमार श्रेष्ठ, ब्रजेस शाह तेली, किन कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ र महोमद सलिम मिया सर्वसम्मत चयन भएका छन् ।












