तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर इकाइको सभापती श्रेष्ठ

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २४

तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईको सभापतीमा बुद्धिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । विहिबार सम्पन्न इकाईको ३० औँ साधारण सभा तथा १३ औँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
अधिवेशनबाट उपसभापतिमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा हितमान गुरुङ तथा सदस्यहरूमा राजन श्रेष्ठ, इन्जिनियर तारा भट्टराई, लक्ष्मी श्रेष्ठ र रामबहादुर बिक निर्विरोध चयन भएका छन् ।

सभापती घनश्याम उपाध्यायको अध्यक्षतामा आयोजित १३ औं अधिवेशनको कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, निर्वाचन संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष प्रकाशचन्द्र हडखले, बन्दीपुर बजार इकाइका पुर्व सभापती वैशबहादुर गुरुङ, पूर्व सभापति कृष्ण पिया तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी सभापती संगीता प्रधान, बन्दीपुर होटल संघका अध्यक्ष फुलमती थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ