तनहुँ । पुस २४
तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको आँबुखैरेनी बजार इकाई समितिको सभापतीमा काजी थापा निर्वाचित भएका छन् । विहिबार सम्पन्न इकाईको ३० औँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशनबाट सभापतीमा थापा सर्वसम्मत निर्वाचित भएका हुन् ।



निवर्तमान सभापति भगवान श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशकी अध्यक्ष बबिता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपसभापतिमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामकृष्ण श्रेष्ठ, सह–सचिवमा तुलसी पौडेल खनाल, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएकाछन् ।
त्यसैगरी जिल्ला प्रतिनिधिमा वासुदेव पुडासैनी र राजू थापा तथा सदस्यहरूमा ऋषिकेश अधिकारी, दिलीप कोइराला, मनोज श्रेष्ठ, शैलेश बिक, हरिचन्द्र बिक, विनय श्रेष्ठ, शुभलक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ, प्रमोद वाग्ले र लक्ष्मण श्रेष्ठ चयन भएका छन् ।












