भिमादमा जिल्लाकै सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २४

तनहुँको भिमादमा जिल्लामै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । वेष्ट ब्वाईज क्ल्व भिमाद–६ ठाडो लाइनको आयोजनामा आगामी माघ १ देखी ५ गतेसम्म हुने ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता बारे विहिवार भिमादमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा विजेता समुहले ३ लाख १ हजार ९९ द्वितीयले २ लाख १ सय ९९ र सान्त्वना हुने दुई समुहले ५०/५० हजार रुपैया पाउने क्लव अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिए । त्यसैगरि प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकले नगद १०/१० हजार साथमा शिल्ड प्राप्त गर्ने छ ।

उक्त प्रतियोगितामा राष्ट्रिय कलाकारको प्रस्तुती समेत हुनेछ । माघ १ गते समिक्षा अधिकारी र निश्चल दवाडी, माघ २ गते प्रकाश दुतराज, माघ ३ गते आश्मा विश्वकर्मा, अर्जुन सापकोटा र सविन राईको ब्यान्डको प्रस्तुती, माघ ४ गते बद्री पंगेनी र शान्तिरानी परियारको प्रस्तुती रहने अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा नेपाल एपिएफ क्लव, गन्डकी प्रदेश भलिवल संघ पोखरा, मणिमुकुन्द भलिवल क्लव बुटवल, न्यु होराईजन स्र्पाेट क्लव, घले हार्वेस्टिङ अष्ट्रेलिया (गोर्खा) र न्युटन कलेज काठमाडौंको सहभागिता रहनेछ । पत्रकार सम्मेनलमा भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदीले प्रतियोगिता सम्पन्न गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।