तनहुँ । पुस २४
म्याग्दे गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ मा व्यवसाय दर्ता, सुचिकृत तथा नविकरण अभियान विहिबार सम्पन्न भएको छ । म्याग्दे गाउपालिकाले व्यवसाय दर्ता, नविकरण लगायतका सेवालाई जनताको घरदैलोवाट सेवा दिएपछि विहिवारको कार्यक्रममा उत्साहका साथ सहभागिता जनाएका थिए ।



उक्त अवसरमा बोल्दै वडा नम्बर ७ का अध्यक्ष एवं गाउँपालिकाका आर्थिक विकाश समितिका संयोजक वसन्त कुमार श्रेष्ठले घरआगनवाट सेवा पाउँदा जनताहरू खुसिका साथमा सहभागी भएको बताए । उनले दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र प्रदान गर्दै व्यवसायमा निरन्तरता दिँदै गापाको दिगो विकासमा लाग्न अनुरोध गर्दै उद्योगी व्यवसायिको साझा सस्था म्याग्दे उद्योग वाणिज्य संघले स्थापनाको छोटो समयमा महत्वपूर्ण कार्यक्रम गरेको बताए ।
गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायिलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत कार्य सन्चालन विभिन्न वडामा सन्चालन गरिएको आर्थिक विकाश शाखा प्रमुख प्रदिप नयौपानेले बताए । व्यवसायीलाई पटक–पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआएपश्चात अभियानकै रूपमा दर्ता तथा सुचिकृत गर्ने कार्यलाई अगाडि वढाईएको न्यौपानेले बताए ।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारिले व्यवसायिको हितका लागि गाउँपालिकाको सहकार्यमा दर्ता तथा नविकरण अभियान सन्चालनमा सहकार्य गरेको बताए । वडामा होटल, किराना, कृषि, मासुपसल, स्टेशनरी, परामर्श, व्युटिपालर, सप्लायर्स, ग्रिल लगायत सन्चालनमा रहेका व्यवसायी दर्ता तथा सुचिकृत भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
दर्ताका अवधिमा व्यवसायीको सहजका लागि फोटोकपी लगायतका कार्य निःशुल्क गर्ने गरि आवश्यक व्यवस्थापन गरिएको उद्योग वाणिज्य सघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए । स्थानिय सरकारसँग गाउँपालिका भित्र सन्चालन हुने उद्योगी, व्यवसायिको प्रत्यक्ष संलग्नता हुनेहुदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेको अधिकारीले बताए ।












