देवघाटधाम जेसिजको पदस्थापना सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । पुस २६

देवघाटधाम जेसीज वर्ष–२०२६ को नयाँ नेतृत्वको पदस्थापना शनिबार देवघाटमा सम्पन्न भयो । गत मंसिर २७ गते सम्पन्न देवघाटधाम जेसिजको पाचाँै बार्षिक साधारणसभा तथा चौंथो शाखा अधिवेशनबाट बर्ष २०२६ का लागि निर्वाचित भएको कार्य समितिको पद हस्तान्तरण कार्यक्रम शनिबार आयोजना गरिएको हो ।

देवघाटधाम जेसिजको वर्ष–२०२६ को लागि अध्यक्षमा अर्जुन सुवेदी चयन भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा स्वस्तिका धिताल र सुष्मा गुरुङ, उपाध्यक्षहरुमा अजित कुँवर, अर्जुन सापकोटा, सन्तोष सुवेदी, र कर्ण बहादुर गुरुङ तथा निर्देशकहरुमा संगिता तामाङ, देवेन्द्र सापकोटा, गणेश तिवारी र स्वस्तिका आचार्य रहेका छन् ।

त्यसैगरि अध्यक्ष सुवेदीले महासचिवमा माधवन न्यौपाने, कोषाध्यक्षमा रक्षा कार्की, सहायक अध्यक्षमा करिष्मा गुरुङ तथा कानुनी सल्लाहाकारमा सुजन गुरुङ, तालिम आयुक्तमा डा.सम्राट अधिकारी, सह–सचिव प्रद्युम्न प्याकुरेललाई मनोनित गरेका छन् । उक्त कार्यक्रममा देवघाटधाम जेसिज–२०२५ का अध्यक्ष प्रशन्न ढकालले वर्ष २०२६ का अध्यक्ष सुवेदीलाई जेसिज माला पहि¥याई सपथ खुवाएका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, नेपाल जेसिज २०२६ का राष्ट्रिय अध्यक्ष जिवन कार्की, देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, देवघाटधाम जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष तथा देवघाटधाम जेसिजको मातृशाखा गितानगर जेसिज २०२५ का अध्यक्ष आरोग्य श्रेष्ठ, नेपाल जेसिज २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, देवघाटधाम जेसिजका संस्थापक अध्यक्ष विकास सापकोटा, निवर्तमान अध्यक्ष रघु मल्ल, देवघाटधाम जेसिजका मानार्थ सदस्य एवं देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारी लगायतले जेजिस अभियान तथा देवघाटधाम जेसिजले खेलेको भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।

उक्त अवसवरमा २०२५ का अध्यक्ष प्रशन्न ढकालले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरुलाई अवार्ड, कदर पत्र तथा मायाको चिनोद्वारा सम्मान गरेका थिए । यस्तै वर्ष २०२६ का अध्यक्ष अर्जुन सुवेदीले आफ्नो कार्यकालमा देवघाटधाम जेसिसलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए । दुई चरणमा भएको उक्त कार्यक्रमको पहिलो चरणको सन्चालन २०२५ का महासचिव अर्जुन सुवेदी तथा दोश्रो चरणको सन्चालन २०२६ का महासचिव माधव न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ