देवघाट गाउँपालिकाको गाउँसभाको सत्रौ अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २६

देवघाट गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवशेन शुक्रबार सम्पन्न भयो । उक्त अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको आम्दानी तथा खर्चको समिक्षा गरि विभिन्न विधेयकहरु पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्तव्य राख्दै गाउँसभाका सदस्यहरुले वडा अध्यक्षहरुले गाउँपालिकाले निर्माण गरेको कानुनहरु कार्यान्वयन गर्नुपर्ने बताए ।

छलफलमा भाग लिँदै वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले हिउँदे बजेटमा योजनाहरु थप घट गर्ने र आबश्यक पर्ने नीति ऐन, कानुन कार्यविधि संशोधन गर्नुपर्ने बताए । देवघाटलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउनको लागि ऐन नियम तथा कानुन बनाउनुपर्ने गुरुङले बताए । वडा नम्बर २ का वडा अध्यक्ष मीन बहादुर मगरले देवघाटमा प्लास्टिकजन्य वस्तु नियमन, नियन्त्रण र व्यवस्थापन गर्नको लागि गाउँपालिकाले कानुन बनाउनुपर्ने बताए ।

गाउँसभाका सदस्यहरु देवघाटधाममा सन्चालित धार्मिक क्षेत्रहरु व्यवस्थितरुपमा सन्चालन नहुँदा तिनिहरुलाई व्यवस्थापनकोलागि छुट्टै कानुन ल्याउनुपर्ने बताए । त्यस्तै पर्यटकीय क्षेत्र घण्टाचुलीमा पर्यटक भित्र्याउन गाउँपालिकाले पहल गर्नुपर्ने बताए । त्यसैगरि देवघाटका धार्मिक क्षेत्रहरु दर्ता गरी देवघाटलाई धार्मिक क्षेत्र बनाई पर्यटकिय स्थल बनाउनुपर्ने बताए ।

गाउँसभामा सभाका सदस्यहरुले उठाएका विषयमाहरुलाई गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र उपाध्यक्ष भुवनसिं गुरुङले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ