हतियार बुझाउन तनहुँ प्रशासनको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २६

जिल्ला प्रशासन कार्यालय तनहुँले तनहुँ जिल्ला भित्र रहेका इजाजत प्राप्त तथा अबैध हतियारहरु बुझाउन सर्वसाधरणमा अनुरोध गरेको छ । प्रशासनले शुक्रबार सुचना प्रकाशित गरि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सर्वसाधारणसँग रहेका सबै प्रकारका हतियार बुझाउन अनुरोध गरेको हो ।

जिल्ला सुरक्षा समिति, तनहुँको मिति पौष २४ गतेको निर्णयानुसार प्रशासनले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । व्यक्तिगत वा व्यावसायिक सुरक्षाका लागि नेपाल सरकारबाट अनुमति प्राप्त गरिएका इजाजत प्राप्त हतियारहरू र अवैध रूपमा राखिएका हतियारहरू आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी चौकी वा कार्यालयमा बुझाउन प्रशासनले अनुरोध गरेको छ ।

तोकिएको समयभित्र त्यस्ता हतियार नबुझाएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा प्रकाशित सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता