शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको सातौं बार्षिक साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २६

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको सातौं बार्षिक साधारणसभा शुक्रबार दुलेगौंडामा सम्पन्न भएको छ । साधारणसभाले आगामी माघ २८ गतेदेखी फागुन १० गतेसम्म पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सव आयोजना गर्ने घोषणा गरेको छ ।

संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले माघ २८ गतेदेखि फागुन १० गतेसम्म महोत्सव सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । साधारणसभाको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले व्यवसाय राम्रो भए मात्र व्यवासायी आर्थिक रुपमा सक्षम भई स्थानीयदेखि सबै तहका सरकारलाई राजश्व संकलन हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सुर्य बहादुर भुजेलले दुई संघ एकिकरण भएरपनि शुक्लागण्डकीले महासंघबाट सदस्यता पाउन नसकेको बताँउदै एक भएर सदस्यता प्राप्तिमा लाग्न अपिल गरे ।

संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संघका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक, संघका बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ, उपमहासचिव विर्सना श्रेष्ठ, महिला उद्यमी संघकी अध्यक्ष मनिषा विक, वडा व्यवस्थापन समिति वडा नम्बर ४ का सभापति बालकृष्ण विक लगायतले बोलेका थिए ।

कार्यक्रममा सचिव सुजन श्रेष्ठले सचिवको र कोषाध्यक्ष कमल गैह्रेले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सोही अवसरमा तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईका पूर्व सभापति रामलाल हिराचन र दुलेगौंडा इकाई सभापति डिल बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता