महेश आश्रममा ‘मकर–काव्य–यामिनी’ हुने

Devghat Online

शेयर गरौ

देवघाट । पुस २९

पवित्र धार्मिकस्थल, आध्यात्मिक क्षेत्र देवघाटधाम, तनहुँमा अवस्थित महेश–संस्कृत–गुरुकुलमको आयोजनामा पौष ३० गते बुधबार ‘मकर–काव्य–यामिनी’ को २३ औँ शृङ्खला हुने भएको छ ।

यस वर्षको ‘मकर–काव्य–यामिनी’ को २३ औँ शृङ्खला प्रा.डा.भागवत शर्माको प्रमुख आतिथ्य तथा सुप्रसिद्ध कवि मनु मञ्जीलको विशेष उपस्थितिमा सञ्चालन हुनेछ । उक्त कार्यक्रममा तनहुँ, चितवन, मकवानपुर, पोखरा, नवलपुर, काठमाडौं तथा देशका विभिन्न स्थानका काव्यसाधकहरूको सहभागिता रहनेछ ।

२०६० सालबाट निरन्तर सञ्चालन भइरहेको मकर–काव्य–यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो । राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पौष महिनाको अन्तिम साँझबाट माघको पहिलो बिहानसम्म सञ्चालन हुनेछ ।

मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर–काव्य–यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विशिष्ट स्रष्टा एवं साहित्यानुरागी श्रोताहरूलाई सादर निमन्त्रणा गरिएको छ । ‘देवघाट महाकाव्य’ ‘म र मेरा’ र ‘महापुरुष’ का स्रष्टा निराजन पन्त, सुप्रसिद्धछन्दकवि छन्दकवि सुदेश सत्याल, कवि नगाधिराज, कवि तथा गजलकार अहम् स्रष्टा आदि मकर काव्य यामिनीका प्रतिनिधि कवि उत्पादन हुन् ।

माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्यपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर–काव्य–यामिनी सफल भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई सादर निमन्त्रणा गरिएको छ । सबै अतिथिहरूलाई खाने र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको