रेडियो देवघाटको अध्यक्षमा पुनः भुषाल

Devghat Online

शेयर गरौ

देवघाट । पुस ३०

देवघाट गाउँपालिका–५ बाट सन्चालित रेडियो देवघाट १०२.६ मेगाहर्जको अध्यक्षमा पुनः बिजयराज शर्मा भुसाल निर्वाचित भएका छन् । बुधबार सम्पन्न रेडियोको १५ औं साधारणसभा तथा पाँचौ अधिवेशनले भुषालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा चेतनारायण सापकोटा, महासचिवमा विशालबाबू तिमल्सेना र कोषाध्यक्षमा श्रृजना बसौला देवकोटा तथा सदस्यहरुमा अर्जुन अधिकारी, जानकी क्षेत्री, छविलाल ढकाल, प्रमोद कुमार श्रेष्ठ र सुरेश सेन निर्वाचित भएका छन् ।
रेडियोका अध्यक्ष बिजयराज शर्मा भुसालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले रेडियो देवघाटका प्रतिनिधिहरु देवघाट गाउँपालिकामा विभिन्न संघ संस्थाहरुद्वारा आयोजना हुने कार्यक्रममा भाग लिने गरेको उल्लेख गर्दै देवघाटधामको महिमालाई अझै बढी उजागर गर्न सांस्कृतिक र सामाजिक सम्बन्ध जोड्दै कालीगण्डकी तटीय गण्डकी सभ्यतालाई सन्चारको क्षेत्रबाट प्रभावकारी ढङ्गले अभियानका साथ अगाडि बढाउनु पर्ने बताए । उनले देवघाट गाउँपालिकामा रहेका १३ वटा जातीय समुदाय भित्र प्रवेश गरि रेडियोले सबै समुदायलाई सांस्कृतिक सम्बन्ध र एकतामा जोड्नु पर्ने सल्लाह र सुझाव दिए ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष युद्ध प्रसाद श्रेष्ठले नेपालको ऐतिहासिक पवित्र धार्मिक स्थल देवघाटधाममा स्थापित सामुदायिक रेडियो देवघाटको महत्वबारे प्रकाश पार्दै रेडियोले सामाजिक स्तरमा आमजनसमुदाय र संस्थाहरुसँग जोडिएर समाजमा जनचेतनामूलक कार्यक्रमहरु प्रसारण गर्नुपर्ने बताए । संस्थाका शेयर सदस्य तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँका सदस्य अर्जुन अधिकारीले रेडियो देवघाट स्थानीय स्तरमा विभित्र संघ संस्थाहरुसँग सम्पर्क गरि उनिहरुको कार्यक्रम मार्फत सूचना र सन्देश प्रसारण गरिरहेको हुँदा यसलाइ अभियानका साथ सक्रिय रूपमा अगाडि बढ्दै जानू पर्ने बताए ।

सो कार्यक्रमको सन्चालन महासचिव निरन्जन हाडाले र स्वागत मन्तव्य उपाध्यक्ष चेतनारायण सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको