तनहुँ । पुस ३०
म्याग्दे गाउँपालिकाले सबै वडामा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । म्याग्दे गाउँपालिका र सूर्य नेपाल कम्पनी प्राली शुक्लागण्डकीको संयुक्त आयोजनामा समुदाय स्तरमा नसर्ने रोगहरुको क्रिनिङ्ग (सुगर, प्रेसर, मिर्गौला र क्यान्सर जस्ता रोगहरुको पहिचानको लागि) सुगर परिक्षण, इसिजी, युएसजी तथा भिडियो एक्सरे लगायतका स्वास्थ्य परिक्षण एवं नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रम माघ ७ गतेदेखी माघ १६ गतेसम्म हुनेछ ।



प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार माघ ७ गते वडा नम्बर १ को टाक्राङ्ग होमस्टे भवन विहान ८ः०० बजे देखि दिउँसो ११ वजे सम्म र सोहीदिन दिउँसो १ः०० बजे देखि ५ बजे सम्म गुरुङ्ग सामुदायिक भवन बाख्रेमा शिविर हुनेछ । त्यसैगरि माघ ८ गते वडा नम्बर २ को गुञ्जरा डुण्डाँडामा विहान १० बजे देखि १ बजे सम्म र पाटेचौर सामुदायिक भवन दिउँसो २ देखि ५ बजे सम्म शिविर हुनेछ ।

त्यसैगरि माघ ९ गते वडा नम्बर ३ को रविचन्द्र प्रावि किल्चोक विहान १० बजे देखि दिउँसो १ बजे सम्म, माघ १० गते वडा नम्बर ४ को कोलडाँडा स्वास्थ्य भवनमा विहान १० वजे देखि १ बजे सम्म र २ वजे देखि ५ वजे सम्म गैह्रा गणेश माविमा शिविर हुनेछ । माघ ११ गते वडा नम्बर ५ को माथिल्लो घडेरीमा विहान १० बजेदेखी १ बजेसम्म र २ बजे देखि ५ बजेसम्म छाङ्गपाटन स्वास्थ्य केन्द्र भवनमा तथा माघ १२ गते विहान १० बजे देखि १ बजे सम्म साउनेपानीमा र २ वजे देखि ५ बजे सम्म धाङदी वडा कार्यालयमा शिविर हुनेछ ।
त्यसैगरि माघ १३ गते वडा नम्बर ६ मा विहान १० वजे देखि १ वजे सम्म गाउँश्वाँरामा र २ बजे देखि ५ बजे सम्म राहुल डाँडा सामदायिक भवनमा तथा विहान १० बजे देखि १ सम्म सर्वलाङ्ग र २ देखि ३ सम्म रत्न मावि मनपाङ्ग र ४ देखि ५ तिलाहारमा शिविर हुनेछ । त्यस्तै वडा नम्बर ७ मा माघ १५ गते पँयर ब्राम्हण समाज भवनमा विहान १० वजे देखि १ बजे सम्म हर्षपुर होम स्टे सामुदायिक भवन दिउसो २ वजे देखि ५ वजे सम्म र माघ १६ गते माझिलाङ खोप केन्द्र भवनमा विहान १० बजे देखि १ बजे सम्म, तिल्याटार सामुदायिक भवन दिउसो २ बजे देखि ५ बजेसम्म निशुल्क स्वास्थ्य शिविर हुने गाउँपालिकाले जनाएको छ ।
सो स्वास्थ्य शिविरमा समयमानै उपस्थित भई आफूसँग भएको रोगको पहिचान गर्नुहुन म्याग्देवासी आम नागरिकहरुमा गाउँपालिकाले अनुरोध गरेको छ ।












