माघे सक्रान्तिको अवसरमा खाल्टेमा बृहत सांस्कृतिक कार्यक्रम, ‘मेरो सम्पुर्ण जिवन तनहुँबासीमा समर्पितः पुर्वमन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

देवघाट । माघ १

देवघाट गाउँपालिका–२ खाल्टेमा माघे सक्रान्तिको अवसरमा विहिबार बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता सुरु भएको छ । खाल्टे स्थित न्यु प्रगतिशील युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको राष्ट्रिय सभा सदस्य, पुर्व मन्त्री तथा एवं नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले उद्घाटन गरिन् ।

सो अवसरमा बोल्दै सांसद न्यौपानेले आफ्नो सम्पुर्ण जिवन तनहुँबासीकोलागि समर्पित गरेको बताइन् । ‘म आफ्नो लागि बाँच्ने हैन, तनहुँका जनताकोलागि बाँच्ने हो’ न्यौपानेले भनिन् ‘मैले जे जती गर्छ, तनहुँबासीको हितमा नै गर्छु ।’ ‘म तनहुँमा जन्मेको तपाईहरुको छोरी तथा दिदिबहिनी हो’ न्यौपानेले भनिन् ‘यहाँको विकासमा मलाई विश्वास गर्नुस्, जिम्मेबारी दिनुस् र खबरदारी गर्नुस, यो मेरो दायित्व हो म जसरी पनि पुरा गर्छु ।’

आफु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा देवघाट, आबुँखैरेनी र बन्दीपुरका नदी तटिय क्षेत्रका जनताको सुविधाकोलागि सराङघाटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धी प्रस्ताव लैजाने तयारी गर्दागर्दै मन्त्रीबाट हट्नुपरेपछि त्यो प्रस्ताव पेश गर्न नपाएको भन्दै पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेकी न्यौपानेले सराङघाटमा इलाका प्रशासन खोल्ने विषय आफ्नो सपना भएको बताईन् । ‘यो मेरो सपना हो, म यसलाई जसरी पनि पुरा गर्छु’ न्यौपानेले भनिन् ‘प्रशासकीय काममा सदरमुकाम जानुपर्ने झन्झटबाट यस क्षेत्रका जनतालाई जसरी पनि मुक्त गर्नुपर्छ ।’ उक्त कार्यक्रममा ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले पनि मन्तव्य राखेकी थिइन् ।

‘सभ्य भाषा सभ्य सस्कार जगेर्ना गरौं, आफ्नो गाउँ आफै बनाउँ’ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक राजु गुरूङ्ग, गायिका गिता आले मगर, गायक विष्णु मल्ल, गायक छबि खाँण ठकुरी र मोडल राम रानाको बेजोड प्रस्तुती रहेको कलाकार संयोजक राम वशीं ठकुरीले बताए । क्लवको ट्रस भवन निर्माणकोलागि उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक किरण मल्लले बताए ।

उक्त कार्यक्रम अन्तगर्त माघ २ गते शुक्रबारदेखी भलिवल प्रतियोगिता आयोजना गरिने छ । भलिवल प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेताले २५ हजार र तृतीय हुने टोलीले १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने भने प्रतियोगिताको नाम इन्ट्रि शुल्क ३ हजार रहेको क्लबका कार्यक्रम ब्यवस्थापक प्रमोद मल्लले बताए । क्लवले माघे सक्रान्तिमा विगतदेखी नै सांस्कृतिक कार्यक्रम तथा खेलकुँदका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय