गगनको समुहको केन्द्रीय समितिमा तनहुँबाट चार जना

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १

नेपाली काँग्रेसले सदस्यताबाट निस्कासन गरेका पुर्व महामन्त्री गगन थापाको समुहको केन्द्रीय समितिमा तनहुँका चार जना समावेश भएका छन् । काठमाडौंमा नेपाली काँग्रेसको विशेष महाधविशेन आयोजना गरेर गगन थापाले आफुलाई सभापती घोषणा गरेका थिए ।

गगन थापाको समुहको महामन्त्रीमा तनहुँका प्रदिप पौडेल तथा केन्द्रीय सदस्यहरुमा ध्रुव वाग्ले, चिनु पोख्रेल र प्रकाश पन्थ समावेश भएका छन् । काँग्रेसको राजनीतिमा लागेदेखी सभापती शेरबहादुर देउवा निकट रहँदै आएका वाग्ले राष्ट्रिय सभाको सदस्यको आकांक्षी थिए ।

सभापती देउवाले गन्डकी प्रदेशबाट राष्ट्रिय सभामा शुक्लागन्डकीका जगत तिमिल्सेनलाई टिकट दिएपछि वाग्ले देउवासँग बिच्किएर गगन थापाको निकट भएका थिए । उनी विशेष महाधिवेशनको पक्षमा आन्तिममा खुलेका थिए । उनै वाग्ले गगनको समहुबाट खुल्ला तर्फको केन्द्रीय सदस्य चयन भएका छन् । यसैगरि महिलाबाट चिनु पोख्रेल र अपाङ्गता भएकाहरुको समुहबाट प्रकाश पन्थ केन्द्रीय सदस्य भएका छन् ।

पौडेल र वाग्ले भने यस अघि नै नेपाली काँग्रेसको निर्वाचित केन्द्रीय सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक