मकर स्नान गर्ने भक्तजनलाई कालीगन्डकीमा निशुल्क र्याफ्टिङ

Devghat Online

शेयर गरौ

देवघाट । माघ १

माघे संक्रान्तीको अवसरमा कालीगन्डकी नदीमा स्नान गर्न आउने भक्तजनलाई गैंडाकोट नगरपालिकाले निशुल्क र्याफ्टिङको व्यवस्था गरेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क रयाफ्टिङ डुङ्गाको व्यवस्था गरिएको जानकारी दिए ।

‘नवलपुरतर्फबाट सहज र छिटो रुपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न आउन सकिन्छ’, उनले भने ‘जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर आउन सकिन्छ ।’

गैँडाकोटको वडा नम्बर १ र ३ जोड्ने जुक्तिखोलामा पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट उत्तरतर्फ करिब २० मिनेको यात्राबाटै कालीगण्डकी नदीको केलादीघाटमा पुग्न सकिने वडाध्यक्ष तिवारीले बताए । पारिपट्टि देवघाटको बेनी सङ्गम रहेकाले डुङ्गा तरेर तथा कालीगण्डकी नदीमाथिको पक्की पुलबाटसमेत बेनी स्नानमा जान सकिने उनले बताए ।

बुधबार साँझदेखि नै भक्तजनहरुलाई कालीगण्डकी नदी वारपार गर्नका लागि केलादीघाटमा डुङ्गा तयारी अवस्थमा राखिएको उनले बताए । कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उनले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको