तनहुँ प्रहरीले सार्वजानिक गर्यो पौष महिनाको कार्यप्रगति

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ३

तनहुँ प्रहरीले पौष महिनामा सम्पादन भएका कार्य प्रगति सार्वजानिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा तनहुँ प्रहरीले पौष महिना भित्रमा कार्यालय र मातहतका इकाईबाट सम्पादन भएका कामको विवरण सार्वजानिक गरेको हो ।

पौष महिनामा ४० वटा मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ । जसमा जघन्य तथा गम्भिर अपराध तर्फ २०, महिला, बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित ७, आर्थिक अपराध सम्बन्धित ४ र अन्य तर्फ ९ मुद्धा दर्ता गरेको छ । जसमा ३२ जना प्रतिवादीहरु प्क्राउ परेको प्रहरीले जनाएको छ ।

यो अवधिमा ४५ जना फरार प्रतिवादी पक्राउ परेको र निजहरुबाट ७ वर्ष ९ महिना ५ दिन कैद भुक्तान र ६लाख ९८ हजार ९३४ रुपैयाँ बिगो असुल गरिएको छ । घरेलु हिंसा तर्फ १७ वटा उजुरी परेकोमा ११ वटा मिलापत्र भएको प्रहरीले जनाएको छ । जसमा व्यास नपाका ६, शुक्लागन्डकीका ६, भानु र म्याग्देका २÷२ तथा भिमादको १ घरेलु हिंसाको उजुरी परेको थियो ।

पौष महिनाभर प्रहरीमा फोनबाट ११४२ र प्रतक्ष्य निबेदनबाट १०८ गरि कुल १२५० उजुरी प्राप्त भएकोमा १२४० उजुरी फस्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै अबैध लागुऔषध ओसारपसार तर्फ १४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पौष महिनामा २ वटा जवरजस्ती करणी तथा १ वटा तिन जनाको सामुहिक हत्याको घटना तनहुँमा भएका छन् । उक्त घटनामा संलग्नहरुलाई पक्राउ गरि कानुनी कारवाहीकोलागि मुद्धा दर्ता गरिएको छ ।

नागरिकको शान्ती सुरक्षा तथा अमनचयनकोलागि तनहुँ प्रहरीले नियमित रुपमा समुदाय साझेदारी कार्यक्रम तथा अपराध रोकथाम शिक्षा सन्चालन गर्ने, नियमित गस्ती र निगरानी बढाउने, सादा पोसाकमा प्रहरी परिचालन गरि सुचना संकलन गर्ने, क्राईम म्यापिङ गर्ने तथा वैज्ञानिक तथा कानुनी अनुसन्धान प्रणाली अवलम्बन गर्ने जस्ता कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले बताए ।

त्यसैगरि सवारी दुर्घटना नियन्त्रणकोलागि प्रयास, विपद व्यवस्थापन तथा उद्धार, अबैध हतियार तथा गोलीगठ्ठा बरामद, राजश्व चुहावट तथा भन्सार छलि नियन्त्रण, अबैध मदिरा नियन्त्रण, प्राकृतिक सम्पदा दोहन नियन्त्रण, अबैध पशुपन्छी चोरी पैठारी नियन्त्रण, वन पैदावर चोरी निकासी नियन्त्रण तथा समुदाय तथा विद्यालय केन्द्रीत कार्यक्रम एवं नागरिक सुनुवाई कार्यक्रम सन्चालन गरिएको एसपी कार्कीले बताए । यो अवधिमा पाँच वटा विद्यालयमा सचेतनाका कार्यक्रम सन्चालन गरिएको थियो भने सयभन्दा बढि समुदाय केन्द्रीत कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।
ासम्म पनि निस्कदैन यो बस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ