जेनजी युवाको भट्टराई प्रतिको दृष्टिकोणः उपचुनाव हारेपनि जनताबाट टाढा हुनुभएन

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १५

व्यास नपा १३ निवासी जेनजी समुहका युवा सागर पाण्डेले नेपाली काँग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईलाई उपचुनाव हारेपनि तनहुँका जनताबाट कहिल्यै टाढा नभएको भन्दै यसपटक जितको शुभकामना दिएका छन् ।

विगतमा नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पसको नेता रहेका र स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघको तर्फबाट सचिवमा बिजयी भएका पाण्डेले नेपाली काँग्रेसले युवाहरुको भावना बमोजिम काम गर्न नसकेको भन्दै जेन जी समुहको आन्दोलन पश्चात भदौ २४ गते नेबिसंघको सम्पुर्ण कमिटि र स्ववियुको सचिव समेतबाट राजिनामा दिएका थिए । त्यसयता पाण्डे जेन जी समुहका नेताको रुपमा चिनिन्थे । उनै पाण्डेले विहिबार सामाजिक सन्जाल मार्फत काँग्रेसका उम्मेदवार भट्टराईलाई शुभकामना दिँदै तनहुँको विकासमा अझ बढि योगदानको अपेक्षा राख्दै विजयको अग्रीम शुभकामना दिएका छन् ।

‘तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङग्रेस पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका तनहुँका भूमिपुत्र, विकास प्रेमी नेताको रुपमा परिचित गोविन्द भट्टराईलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अहिले देशमा नयाँ र पुरानो दलहरुको आरोप प्रत्यारोप हुदाँ नेपालकै पुरानो मध्यको दल नेपाली काङग्रेसबाट निर्वाचनमा प्रतिनिधित्व गर्दा हजुरलाई पक्कैपनि पुरानो ट्याग लाग्नु स्वभाविकै हो ।’ पाण्डेले सामाजिक सन्जालमा लेखेका छन् ‘जेनजी आन्दोलनको क्रममा सत्तापक्षको दमन र त्यसप्रति तत्कालीन समयमा सम्बन्धित दलको मौनता नै अहिले नेपाली काङग्रेस दल लगायतका दलमाथि भारी परेको अवस्था छ ।’

‘हुन त म पनि त्यस आन्दोलनको समयमा पार्टीले बाटो बिराएदेखि नेपाली काङग्रेस पार्टीमा आवद्व छैन तर पनि यहाँले उपनिर्वाचनमा परिवर्तनको लहरमा पराजय भोगे पश्चात् पनि किञ्चित् विचलित नभएर विकास कार्यको लागि राजधानीका हरेक मन्त्रालयमा फाइल बोकी धाउनु भयो, जसको प्रत्यक्ष सुविधा मेरै गाँउ ठाँउ व्यास १३ का विपन्न भुजेल, दलित, जनजाति लगायतले प्राप्त गरेका छन् । जसको कारण यहाँले जनप्रतिनिधिको अभाव महसुस हुन नदिनुभएकोमा म पनि सधैँ यहाँ प्रति प्रभावित नै छु ।’ पाण्डेले भनेका छन् ‘प्रतिष्पर्धामा रहेका अरु पार्टीका पनि उम्मेदवार आफ्नो स्थानमा अव्बल नै हुनुहुन्छ तर हजुरले उपनिर्वाचनमा पराजित हुदापनि कदापि हार नखाइ जनप्रतिनिधिले गर्नुपर्ने सम्पूर्ण कर्तव्य पूरा गर्न निभाउनुभएको अथक मिहिनेत, परिश्रमको प्रतिफल यसपटक जनताले यहाँ प्रति न्याय गर्दैँ अवश्य विजय प्रदान गर्नुहुनेछ ।’

परिवर्तन नयाँ र पुरानो पार्टीले हैन जनताप्रति निभाएको आफ्नो इमान्दारिता, कर्तव्यबोधले आउने पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक