भानुबासीको असन्तुष्टिः ‘यसअघि विजयी भएका सांसद गाउँ फर्किएनन्’

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २५

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत भानु नगरपालिकाका बासिन्दाले उपनिर्वाचनबाट विजयी सांसद गाउँ नफर्किएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जनप्रतिनिधि निर्वाचित भएपछि जनतासँग सम्पर्कविहीन भएको गुनासो स्थानीयले गरेका हुन् । मतदातालाई भेट्न नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई गाउँ पुग्दा गाउँलेहरुले यस अघि जिताएर पठाएको सांसद एक पटक पनि गाउँ फर्केर नआएको बताए ।

भानु नगरपालिका–४ स्थित आमा समूहकी अध्यक्ष सरला अधिकारीले २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित सांसद डा. स्वर्णीम वाग्ले हालसम्म एक पटक पनि गाउँ नआएको बताइन् । उनले निर्वाचित जनप्रतिनिधिले मतदाताको भावना बुझ्दै नियमित रूपमा गाउँमा उपस्थित हुनुपर्ने बताइन् ।

‘पहिलेका उम्मेदवारजस्तै जितेर गएपछि गाउँ नफर्किने प्रवृत्ति दोहोरियो’ उनले भनिन् ‘यसपटक मतदाताले सोचविचार गरेर सही प्रतिनिधि छान्नेछन् ।’ भानु–६ का एक स्थानीयका अनुसार गाउँका मुख्य समस्या खानेपानी, विद्युत्, सडक, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित छन् । तर यी समस्याको समाधानका लागि पहल नदेखिएको उनीहरूको भनाइ छ । ‘जनप्रतिनिधिले नीति बनाउने मात्रै काम हो, बजेट ल्याउने काम होइन भन्ने अभिव्यक्ति सुन्दा निराश भएका छौँ,’ उनले भने । यस अघि उपचुनावबाट बिजयी भएका सांसद ११० पटक जिल्ला आएको भनेर सुनाएपनि आफ्नो गाउँमा भने एक पटक पनि फर्केर नआएको गाउँलेहरुले बताए ।

 

स्थानीय अगुवा विष्णुमाया श्रेष्ठले अवसर दिने पार्टीप्रति मतदाताको भरोसा बढ्दै गएको बताइन् । उनका अनुसार अब मतदाता विकास र जनसम्पर्कमा सक्रिय उम्मेदवारतर्फ आकर्षित भइरहेका छन् ।

त्यस्तै स्थानीय मञ्जु श्रेष्ठले अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई इमान्दार, सरल र विकासप्रेमी नेताका रूपमा चिनिएको बताइन् । सामाजिक सञ्जालमा पनि उहाँप्रति नकारात्मक टिप्पणी कम देखिएको उनको भनाइ छ ।

आगामी निर्वाचन नजिकिँदै जाँदा भानु क्षेत्रका मतदाताले यसपटक गाउँसँग जोडिएर काम गर्ने र जनताका समस्यामा प्रत्यक्ष चासो राख्ने प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता