एमालेले गरेका विकास निर्माण कार्यलाई जनताकोबीचमा पुर्याउनुसः उम्मेदवार सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले एमालेले गरेका विकास निर्माण कार्यलाई जनताकोबीचमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । सोमवार शुक्लागण्डकी–९ घारीमा निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटनका क्रममा नेता सिग्देलले मनोमोहनदेखि केपी ओलीसम्म नेतृत्वमा रहदा गरेका कामनै चुनाव प्रसारको एजेण्डा भएको उल्लेख गरे ।

पुराना पार्टीबाट केहि भएन भन्ने हल्ला बाहिर ल्याइएको छ, उनले भने, हामीले यस क्षेत्रमा गरेका विकास निर्माणका काम जनताको बीचमा लैजानुहोस, यहि आधारमा जनताले सुर्य चिन्हमा मत दिनेछन् । उनले आफू यहि क्षेत्रमा जन्मिएर हुर्किएको बताउदै निर्वाचनपछि पनि जनताकैबीचमा रहने प्रतिवद्धता जनाए ।

वडा नम्बर ९ कमिटी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय सल्लाहाकार समिति सदस्य नरेन्द्र वाग्ले, पार्टीका जेष्ठ सदस्य देउ बहादुर गुरुङले ब्यानरमा हस्ताक्षर गरि कार्यालय उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ