आचार संहिता उल्लंघनका १६ वटा उजुरी

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २९

तनहुँमा निर्वाचन आचार संहिता उल्लंघन सम्बन्धी १६ वटा उजुरी परेको छ । तर ति सबै उजुरी मौखिक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचार संहिता उल्लंघनको १६ वटा उजुरी परेको र त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचार संहिताको कार्यान्वयनको लागि सचेत गराईएको बताए ।

तनहुँ क्षेत्र नम्बर २ का रास्वपाका उम्मेदवार श्रीराम न्यौपानेले केही सामुदायिक विद्यालयमा वितरण गरेको डिजिटल स्मार्ट बोर्डमा उनको तश्विर अंकित भएको बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाईएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए ।

त्यसबाहेक राजनीतिक दलले भिड प्रर्दशनी गरेको, झण्डाहरु धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिडेको विषयमा लगायतमा उजुरी परेको बताईएको छ । सम्बन्धित उजुरीको बारेमा सम्बन्धित पक्षलाई सचेत गराई आचार संहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल