तनहुँ । फागुन १९
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) जिल्ला शाखा तनहुँको आयोजनामा आगामी प्रतिनिधि सभाको निर्वाचनको लागि खटिएका पर्यवेक्षकहरुकोलागि सोमबार दमौलीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिमको जिल्ला निर्वाचन कार्यालय तनहुँका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले उद्घाटन गरे ।




सो अवसरमा बोल्दै जिल्ला निर्वाचन अधिकारी लम्सालले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्यवेक्षकहरुको महत्वपुर्ण भुमिका हुने हुँदा पर्यवेक्षकहरुले आफुलाई प्राप्त जिम्मेबारी निश्पक्ष र टथस्त रुपमा पुरा गर्नुपर्ने बताए ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) जिल्ला शाखा तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नियोक केन्द्रीय समिति सदस्य सोनी शर्माले पर्यवेक्षकहरुलाई निश्पक्ष भएर पर्यवेक्षण गर्न अनुरोध गरिन् ।
सो कार्यक्रममा केन्द्रीय सदस्य शर्मा, जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराई र नियोकका जिल्ला सचिव पुर्णबहादुर विकेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा पर्यवेक्षणकोलागि स्विकृत पाएका पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सन्चालन नियोक तनहुँका सचिव पुर्णबहादुर विकेले गरेका थिए ।

नियोकले तनहुँका सबै स्थानीय तहमा हुने गरि तनहुँ जिल्लाभर ११ जना पर्यवेक्षक परिचालन गर्ने भएको छ ।












