तनहुँ । फागुन १८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व पोलिटव्युरो सदस्य एवं संविधानसभा सदस्य टुकराज सिग्देलले देशको राष्ट्रिय स्वाभिमानको रक्षाको लागी नेकपा (एमाले) को जित अपरिहार्य भएको बताएका छन् । यो चुनाव विगतका चुनाव जस्तो मात्र होईन, देशको अस्तित्व जोगाउने कि भत्काउने समेत हो । देशमा विदेशी शक्ति हावी हुदाँ नयाँ शक्तिको चलखेल वढेको हुदाँ मतदान गर्दा मतदाताले विवेक पुर्याउनुपर्ने सिग्देलको भनाई रहेको थियो ।




तनहुँ क्षेत्र नम्बर २, को व्यास नपा ५ को चिन्तुटारमा सोमबार मतदाता भेटघाट गर्दै सिग्देलले नेकपा (एमाले) ले देशमा दीर्घकालिन विकासको काम गरेको तर त्यसलाई देख्न नसक्ने शक्तिहरुले निरन्तर प्रहार गरेको बताए । ‘राजनिती सेवा भएको तर अहिले त्यसलाई व्यवसाय बनाएको छ, हिजो राज्यको निकायमा रहँदा कुनै पनि आर्थिक हिनामिना गरेको छैन, त्यसमा नै म पुर्ण सन्तुष्ट छु । यहि नै हो जनताप्रतिको आधार, जनताको सेवा भन्दा अन्य कुनै मनसाय छैन’ सिग्देलले भने ‘हाम्रो निरन्तर कर्म नै जनताप्रति सर्मपित राजनिती हो । यसैमा खुशी छु ।’ उनले भने ।

‘जिवन नै त्याग र सर्मपणका राजनिती हो मेरो । यसमा मलाई सन्तोष छ । जनताको काम नै मेरो जीवनको मुल मर्म वन्यो । न कुनै लोभ, न कुनै लालचा, यहि निरन्तर जनताप्रतिको सेवाभावले आत्मा देखि खुशी छु ।’ उनले भने । एमाले नै यस्तो शक्ति भएको र जसले देशलाई वचाई राख्ने भन्दै सिग्देलले देशको पहेरदारको रुपमा एमाले खडा रहेको हुदाँ निर्वाचनको संघारमा अन्य दलको ललिपपमा फस्न नहुने बताए ।

देशको स्वाभिमान जोगाउन खोज्दा एमालेमाथी निरन्तर प्रहार भएको हुदाँ त्यसलाई चिरेर अगाडी वढ्नुपर्ने सिग्देलले बताए । तनहुँको क्षेत्र दुवै क्षेत्रमा एमालेको उम्मेदवारलाई विजयी गराएर देश विकासमा लाग्न सिग्देलले अनुरोध गरे ।












