तनहुँका दुई निर्वाचन क्षेत्रमा २७ जना उम्मेदवार

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

तनहुँका दुई निर्वाचन क्षेत्रमा २७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेपाली कम्युनिष्ट पार्टीबाट विद्यानाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, उज्यालो नेपाल पार्टीबाट मन्जिल राना, नेपाल जनमुक्ती पार्टीबाट यामबहादुर आले, मंगोल नेशनल अर्गनाईजेशनबाट प्रेमबहादुर थापा, श्रम संस्कृती पार्टीबाट काशिराम गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट ओमविक्रम पन्त, नेशनल रिपब्लिक नेपालबाट सुमन थापा मगर, तथा स्वतन्त्र उम्मेदवारहरु दिपकराज जोशी, सन्देश रानाभाट लौडारी र लेखनाथ खनाल चुनावी मैदानमा रहेका छन् ।

त्यसैगरि क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट शंकर भण्डारी, नेकपा एमालेबाट केदार सिग्देल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ती पार्टीबाट पुर्णबहादुर राना, राष्ट्रिय जनमुक्ती पार्टीका लालबहादुर सार्की (गोतामे), मंगोल नेशनल अर्गनाइजेशनबाट सुष्मा आले, नेशनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट गणेशबहादुर गोतामेले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका