सात उम्मेदवारले आफैलाई मत दिन पाएनन्

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २१

तनहुँमा सात जना उम्मेदवारले आफैलाई मत दिन पाएनन् । क्षेत्र नम्बर १ का पाँच जना तथा २ का २ जना उम्मेदवारले आफुैलाई मत दिन पाएनन् ।

क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, राप्रपाका रामदत्त जोशी, नेमकिपाकी रामलक्ष्मी दुवाल, मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ती पार्टीका यामबहदाुर आले तथा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका शंकर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपानेले पनि आफुलाई मत दिन पाएनन् ।

क्षेत्र नम्बर १ का उम्मेदवारहरु मध्ये नेकपा एमालेकी भगवती न्यौपानेले भानु नपा ८ को निर्जला मावि मतदान केन्द्रबाट, नेपाली काँग्रेसका गोविन्द भट्टराईले व्यास नपा ११ को बेलटारी मतदान केन्द्रबाट, नेपाली कम्युनिष्ट पार्टीका विद्या ढकालले भानु नपा ४ को भानु संस्कृत मावि मतदान केन्द्रबाट, उज्यालो नेपाल पार्टीका मन्जिल रानाले व्यास नपा ४ को मदरसा आधारभुत विद्यालय मतदान केन्द्रबाट तथा नेकपा माओवादीका ओमविक्रम पन्तले व्यास नपा १ को जलदेवी मावि मतदान केन्द्रबाट मतदान गरेका थिए ।

त्यसैगरि क्षेत्र नम्बर २ का नेकपा एमालेका केदार सिग्देलले भिमाद नपा १ को पृथ्वीमावि मतदान केन्द्रबाट, नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले म्याग्दे गाउँपालिका १ को महेन्द्र मावि मतदान केन्द्रबाट, राप्रपाका यामबहादुर ठकुरीले शुक्लागन्डकी नपा ८ को गाउँफर्काेदय मावि मतदान केन्द्रबाट मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण