सय वर्षमाथीका जेष्ठ नागरिकले पनि गरे मतदान

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २१

तनहुँमा सय वर्ष माथिका जेष्ठ नागरिकले पनि मतदान गरेका छन् । शुक्लागन्डकी नपा–३ बनकेवाका १०७ वर्षीय ज्येष्ठ नागरिक गणेशबहादुर रावतले सोही वडाको निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेका थिए ।

यस्तै व्यास नपा–६ स्थित महेन्द्रज्योती मावि मतदान केन्द्र शिसाघाट बाट १०६ बर्षीया साबित्रा रिजाल उक्त मतदान केन्द्रमा पहिलो मतदाताको रुपमा मतदान गरेकी थिइन् ।

त्यसैगरि देवघाट गाउँपालिका वडा नम्बर २ की १०२ वर्षीया होलीमाया मल्लले सोही वडाको कालीगंगामावि मतदान केन्द्रबाट मतदान गरेकी थिइन् । मतदानपछि जेष्ठ नागरिकहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता