निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २३

तनहुँ क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले र श्रीराम न्यौपानेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला सभा हलमा आयोजित समारोहका बीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले सांसद डा.वाग्लेलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत उपाध्यायले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।

उक्त अवसरमा नवनिर्वाचित सांसद वाग्लेले यो जित आफ्नो मात्र नभई परिवर्तन र सुशासन चाहने सम्पूर्ण तनहुँबासीको भएको बताए । उनले आफूलाई २१ हजार ८०९ मतको फराकिलो अन्तरले विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै जनविश्वासलाई विकास र समृद्धिको यात्रामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए ।

यसैगरि क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचित सांसद श्रीराम न्यौपानेलाई निर्वाचन अधिकृत भेषराज पौडेलले निर्वाचितको प्रमाणपत्र प्रदान गरेका थिए ।

फागुन २१ गते भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका स्वर्णिम वाग्ले ३८ हजार ४० मत ल्याई निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ बाट रास्वपाकै श्रीराम न्यौपाने ३२ हजार ६८७ मत प्राप्त गरि बिजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार