तनहुँ क्षेत्र नम्बर १ मा काँग्रेस र एमालेको मत निरन्तर घट्दै

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २३

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र नेकपा एमालेको मत निरन्तर घट्दै गएको छ । २०७९ मंसिरमा भएको निर्वाचनमा नेपाली काँग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत पाई बिजयी भयका थिए । त्यस्तै नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ तथा रास्वपाका विकास सिग्देलले ६०४४ मत पाएका थिए ।

त्यस्तै रामचन्द्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि २०८० बैशाखमा भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ९१९ मत सहित बिजयी भए । रास्वपाले उपनिर्वाचनमा २८ हजार ८७५ मत बृद्धि ग¥यो । अहिलेको निर्वाचनमा रास्वपाले उपनिर्वाचनको भन्दा ३१२१ मत बृद्धि ग¥यो ।

२०७९ मा २५ हजार ३६१ मत पाएको नेपाली काँग्रेसले उपनिर्वाचनमा २० हजार १२२ मत पायो भने यसपटक १६ हजार २३१ मतमा चित्त बुझाउन बाध्य भयो । काँग्रेसको मत २०७९क को तुलनामा ९१३० मत घट्यो । यो हारसँगै नेपाली काँग्रेसका गोविन्द भट्टराईले संसदीय चुनावमा हारको ह्याट्रीक पुरा गरेका छन् । भट्टराई २०७४ मा प्रदेश सभामा तथा २०८० र २०८२ मा प्रतिनिधि सभामा लगातार पराजित भएका छन् ।

यसपटकको निर्वाचनले सबैभन्दा पिडा नेकपा एमालेलाई दिएको छ । २०७४ मा तनहुँ १ मा बिजयी र अन्य निर्वाचनमा नेपाली काँग्रेसको प्रतिश्पर्धामा आउने गरेको नेकपा एमाले यसपटक जमानत जोगाउन समेत सकेन । पुर्वमन्त्री समेत रहेकी केन्द्रीय सदस्य भगवती न्यौपानेलाई उम्मेदवार बनाएको एमालेले यसपटक रास्वपा र काँग्रेसलाई टक्कर दिने अनुमान गरिएको थियो । सबैको अनुमान विपरित एमालेको लज्जास्पद हार भएको छ । आफ्नै वडा भानु नपा ८ मा न्यौपानेले ३३५ मत कम पाइन् । उक्त वडामा रास्वापाका वाग्लेले ८९४ मत पाएका थिए भने न्यौपानेले ५५९ मत पाएकी थिइन् ।

२०७९ मा १९ हजार ९८१ मत पाएको एमाले २०८० को उपनिर्वाचनमा आईपुग्दा ८४८८ मा सिमित भएको थियो भने यसपटक झन २०८० को भन्दा २६५८ मत कम पायो । यसपटक एमालेले पाएको ५८३० मत कुल सदरमतको १० प्रतिशत पनि नपुग्दा एमालेको उम्मेदवारको जमानत जफत भएको छ । यो सँगै तनहुँ १ मा अव एमाले कहिल्ये उठ्न नसक्ने गरि थला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने