तनहुँमा समानुपातिक तर्फ रास्वपा पहिलो, काँग्रेस र एमाले क्रमशः दोश्रो र तेश्रो

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २५

तनहुँमा समानुपातिक तर्फको पनि मत गणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले समानुपातिक तर्फको मतगणना सकाएर नतिजा सार्वजानिक गरेको छ ।

मत परिणाम अनुसार समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो दल बनेको छ । अन्तिम मतपरिणामअनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । तनहुँमा रास्वपाले ६९ हजार १३२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार नेपाली कांग्रेसले २७ हजार ४३९, नेकपा (एमाले) ले १५ हजार ९४०, नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२, मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर १ मा रास्वपाले समानुपातिक तर्फ तनहुँ क्षेत्र नम्बर १ मा ३८ हजार ८०७ मत पाएको छ । प्रतक्ष्य तर्फ भने उक्त पार्टीले ३८ हजार ४० मत पाएको थियो । त्यसैगरि प्रतक्ष्यमा १६ हजार २३१ मत पाएको नेपाली काँग्रेसले समानुपातिक तर्फ १५ हजार १७२ मत पायो । त्यसैगरि प्रतक्ष्य तर्फ ५ हजार ८३० मत पाएको नेकपा एमालेले समानुपातिक तर्फ भने ५ हजार ९६० मत पाएको छ । त्यसैगरि प्रतक्ष्य तर्फ २ हजार ३९३ मत पाएको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक तर्फ २ हजार ८४८ मत पाएको छ । समानुपातिक तर्फ राप्रपाले १७७६ मत पाएको छ । श्रम संस्कृती पार्टीले १५३२ मत पाएको छ । अन्य साना दलहरुले भने हजार मत कटाएका छैनन् ।

क्षेत्र नम्बर २ मा क्षेत्र नम्बर २ तर्फ रास्वपाले ३० हजार ३२५ पाएको छ । रास्वपाले क्षेत्र नम्बर २ मा प्रतक्ष्य तर्फ ३२ हजार ६८७ मत पाएको थियो । प्रतक्ष्यमा १४ हजार १३५ मत पाएको नेपाली कांग्रेसले समानुपातिकमा १२ हजार २६७, प्रतक्ष्यमा ११ हजार ६६७ मत पाएको नेकपा (एमाले) ले समानुपातिकमा नौ हजार ९८० मत पाएको छ ।

त्यस्तै प्रतक्ष्यमा एक हजार ९५३ मत पाएको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा एक हजार ८०० मत पाएको छ । उक्त क्षेत्रमा समानुपातिक तर्फ राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१०, मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी