देवघाटबाट कसले कती मत पाए ?

Devghat Online

शेयर गरौ

देवघाट । फागुन २५

प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतको देवघाट गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत पाएको छ । देवघाट गाउँपालिकाको समग्र मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले (घन्टी) ले सबैभन्दा बढि मत पाएका छन् । देवघाट गाउँपालिकाबाट गणना भएको ६ हजार ६३६ मतमा स्वर्णिमले २९२८ मत पाए ।

त्यसैगरि नेपाली काँग्रेसका गोविन्द भट्टराई (रुख) ले १६५७ मत पाए भने नेकपा एमालेकी भगवती न्यौपाने (सुर्य) ले ११०१ मत पाइन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका विद्या ढकाल (तारा) ले ३२३ मत पाए ।

हिन्दु धर्मका धेरै अभियन्ताहरु बस्ने देवघाटमा हिन्दु धर्मका अभियन्ता तथा श्रीमद् भागवत गीतालाई हरेक हिन्दुको घरमा बाँड्दै हिडेका अभियन्ता राप्रपाका उम्मेदवार अभिषेक जोशी (हलो) ले जम्मा ८६ मत पाए ।

त्यसैगरि श्रम संस्कृती पार्टीका काशीराम गुरुङ (माटो) ले ७६, उज्यालो नेपालका मन्जिल राना (चिम) ले २५, मंगोल नेशनल अर्गनाईजेशन (कुखुराको भाले) ले १२, नेकपा माओवादीका ओमविक्रम पन्त (गुलाब) ले १०, नेपाल जनमुक्ती पार्टीका यामबहादुर आले (घर) ले १, आम जनता पार्टीकी चिजामाया अधिकारीले (मोवाइल) १, स्वतन्त्र उम्मेदवार लेखनाथ खनालले (आँप) ३ र स्वतन्त्र उम्मेदवार दिपकराज जोशी (कैंची) ले ३ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता