समानुपातिकतर्फ सिटको हिसाब–किताबः कुन दलबाट कति महिला सांसद छानिन्छन् ?

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा छ । फागुन २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना मंगलबार अबेर रातिसम्म सकिने अनुमान निर्वाचन आयोगको छ । हालसम्म एक करोड ९ लाख मत खसेकोमा एक करोड पाँच लाखभन्दा बढी मतगणना भइसकेको छ ।

गणनाको नजिताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख ५० हजार मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख, एमालेले १४ लाख, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात लाख मत कटाएका छन् । श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख बढी मत ल्याएका छन् ।

यससँगै अब दलहरूले समानुपातिकतर्फ कति सिट पाउलान् भन्ने हिसाबकिताब गर्न सकिने अवस्था बनेको छ । मतपरिणामको पछिल्लो अवस्था हेर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले समान चार सिट पाउने सम्भावना देखिन्छ ।
समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम गरी ६ वटा क्लस्टरमा आयोगले तोकेको प्रतिशतअनुसार दलहरूले उमेदवारको सूची आयोगमा बुझाएका छन् । यसबाटै समानुपातिक सांसद छानिनेछन् ।

संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ । प्रत्यक्षतर्फ कुल १४ महिला निर्वाचित भएका छन् । दलहरूले पाएको सिटअनुसार ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने देखिन्छ । राष्ट्रियसभामा प्रतिनिधित्व भएका दलहरूको भने राष्ट्रियसभासहित जोडिनेछ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रास्वपाबाट प्रत्यक्षतर्फ १२५ सांसद निर्वाचित हुँदा १३ जना मात्रै महिला निर्वाचित भएका छन् । समानुपातिकर्फ ५८ सिट कायम भएमा रास्वपा कुल १८३ सिटको पार्टी हुनेछ । ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउन रास्वपाबाट समानुपातिक प्रणालीतर्फबाट ४८ महिला सांसद चुनिनेछन् ।

नेपाली कांग्रेसको राष्ट्रियसभामा २४ सांसद छन् । प्रतिनिधिसभाको प्रत्यक्षमा १८ सिट जितेको छ । समानुपातिकतर्फ १९ पाएमा कांग्रेसको संघीय संसद्मा ६१ सांसद हुनेछन् । राष्ट्रियसभामा पाँच र प्रत्यक्षमा एक गरी संसद्मा कांग्रेसका ६ सांसद छन् । महिला प्रतिनिधित्व पु¥याउन समानुपातिकबाट अब १५ जना छान्नुपर्ने हुन्छ ।

त्यसैगरी, एमालेको राष्ट्रियसभामा १० सांसद छन् । त्यसमध्ये सातजना महिला छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले ९ सिट जितेको छ । समानुपातिक मत हेर्दा एमालेले समानुपातिकतर्फ १६ सिट पाएमा संघीय संसद्मा एमालेको कुल ३५ सिट हुन जान्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पुरुष मात्रै सांसद बनेका छन् । उसको राष्ट्रियसभामा सातजना महिला छन् । संसद्मा ३३ प्रतिशत प्रतिनिधित्व पु¥याउन एमालेबाट पाँचजना महिला सांसद निर्वाचित गराउनैपर्छ ।

नेकपाको राष्ट्रियसभामा १७ जना सांसद छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ सिट जितेको छ । समानुपातिकतर्फ ९ सिट पाउने सम्भावना देखिएको छ । त्यसो भएमा संघीय संसद्मा नेकपाका ३४ सांसद हुनेछन् । प्रत्यक्षमा सबै सांसद पुरुष छन् । तथापि, राष्ट्रियसभामा उसका आठ महिला सांसद छन् । उसले ३३ प्रतिशत पु¥याउन समानुपातिकबाट चारजना महिला सांसद बनाउनुपर्ने हुन्छ ।

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । समानुपातिकतर्फ चार सिट पाउने सम्भावना छ । त्यसो भएमा उसले तीनजना महिलालाई सांसद बनाउनुपर्छ । त्यस्तै, प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकर्फ चार सिट पाउने सम्भावना छ । उसले दुईजना महिला सांसद चुन्नुपर्ने हुन्छ ।

आयोगले बुधबार दलहरूलाई समानुपातिक सिटको संख्या निर्धारण भएको जानकारी पठाउने तयारी गरेको छ । निर्धारित संख्यामा समानुपातिकतर्फ निर्धारित क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।

दलहरूले समानुपातिक बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि ती नामावली समावेशी क्लस्टरबमोजिम मिले/नमिलेको रूजु गर्नेछ । समानुपातिकतर्फका निर्वाचित सांसदको नाम एकिन भएपछि आयोगले प्रमाणपत्र उपलब्ध गराउँछ । निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि आयोगले त्यसको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्छ । आयोगले चैतको पहिलो साताभित्र मतपरिणाम बुझाउने गरी काम गरिरहेको अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र