तनहुँ क्षेत्र नम्बर २–४३ वडा मध्ये एमाले ३ वटामा र बाँकीमा रास्वपा पहिलो

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

तनहुँ क्षेत्र नम्बर २ मा पनि प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गरिएको थियो । कुन वडाबाट कस्तो मत आयो भन्ने जानकारी हुने हुँदा राजनीतिक दलहरुकै सहमतीमा प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिएको थियो । प्रत्येक वडाको छुट्टाछुट्टै गणना हुँदा कुन वडामा कुन दलको अवस्था के रहेछ भन्ने प्रष्ट देखियो ।

मत परिणाम अनुसार तनहुँ क्षेत्र नम्बर २ का ४३ वटा वडा मध्ये नेकपा एमाले ३ वटा वडामा पहिलो भयो भने बाँकी ४० वडामा रास्वपा पहिलो भयो । नेपाली काँग्रेस कुनैपनि वडामा पहिलो हुन सकेन । उम्मेदवार केदार सिग्देलको वडा भिमाद नपा वडा नम्बर १ र ९ तथा घिरिङ गाउँपालिका वडा नम्बर २ मा मात्रै एमाले पहिलो भयो । भिमाद–१ मा एमालेका सिग्देलले ७५२ मत ल्याए भने रास्वपाका श्रीराम न्यौपानेले ६४९ र काँग्रेसका शंकर भण्डारीले ३६९ मत पाए । त्यस्तै भिमाद वडा नम्बर ९ मा एमालेका सिग्देलले ५७० मत पाएभने रास्वपाका न्यौपानेले ४३१ र काँग्रेसका भण्डारीले १९३ मत पाएका थिए । उक्त वडा नेकपा एमालेका केन्द्रीय सदस्य किरण गुरुङको वडा हो । घिरिङ–२ मा एमालेका सिग्देलले ५०२ मत पाए भने रास्वपाका न्यौपानेले ३३५ र काँग्रेसका भण्डारीले ११४ मत पाएका थिए ।

नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलको वडा शुक्लागण्डकी नपा–८ मा काँग्रेसका भण्डारीले ५१६ मत ल्याउँदा रास्वपाका न्यौपानेले १३०८ मत पाएका छन् । त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेको वडा व्यास नपा ५ मा काँग्रेसका भण्डारीले ५०२ मत पाउँदा रास्वपाका न्यौपानेले २०२५ मत पाएका छन् ।

पालिकास्तरको मत परिणाम अनुसार घिरिङ गाउँपालिकामा रास्वपाका न्यौपानेले २४४०, काँग्रेसका भण्डारीले १५०७ र एमालेका सिग्देलले १९८६ मत पाए । त्यस्तै ऋषिङ गाउँपालिकामा रास्वपाका न्यौपानेले ३७५२, काँग्रेसका भण्डारीले २४५३ र एमालेका सिग्देलले ७३८ मत पाए । यस्तै म्याग्दे गाउँपालिकामा रास्वपाका न्यौपानेले ५९६९, काँग्रेसका भण्डारीले २१९० र एमालेका सिग्देलले ८९३ मत पाए । त्यस्तै भिमाद नगरपालिकामा रास्वपाका न्यौपानेले ५४५६, काँग्रेसका भण्डारीले २८२२ र एमालेका सिग्देलले ४११५ मत पाए भने शुक्लागण्डकी नगरपालिकामा रास्वपाका न्यौपानेले ११७९८, काँग्रेसका भण्डारीले ४००५ र एमालेका सिग्देलले ३६०१ मत पाए । त्यस्तै क्षेत्र नम्बर २ मा पर्ने व्यासको वडा नम्बर ५ र ६ मा रास्वपाका न्यौपानेले ३३३७, काँग्रेसका भण्डारीले ११५२ र एमालेका सिग्देलले २९७ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन