तनहुँ क्षेत्र नम्बर १–आफ्नै वडामा पछि परे गोविन्द र भगवती

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

तनहुँको मतगणना गर्दा यसपटक प्रत्येक वडाको छुट्टाछुट्टै गणना भयो । कुन वडाबाट कस्तो मत आयो भन्ने जानकारी हुने हुँदा राजनीतिक दलहरुकै सहमतीमा प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिएको थियो । यसअघि २०८० को उपनिर्वाचनमा पनि प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिएको थियो । प्रत्येक वडाको छुट्टाछुट्टै गणना हुँदा कुन वडामा कुन दलको अवस्था के रहेछ भन्ने प्रष्ट देखियो ।

मतपरिणाम अनुसार तनहुँ क्षेत्र नम्बर १ मा रहेको ४४ वडा मध्ये व्यास नपाको वडा नम्बर ८ मा मात्रै नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई अगाडी रहे भने बाँकी रहेको ४३ वटा वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले पहिलो भए । नेकपा एमाले कुनै पनि वडामा पहिलो भएन । व्यास नपा वडा नम्बर ८ मा स्वर्णिमले ४८४ मत पाउँदा भट्टराईले ५५१ र एमाले उम्मेदवार भगवती न्यौपानेले १९ मत मात्र पाईन् ।

अझ रोचक त के भने नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईको वडा व्यास नपा ११ र नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेको वडा भानु नपा–७ मा पनि रास्वपाका वाग्ले नै पहिलो भए । व्यास नपा ११ मा स्वर्णिमले १४५० मत ल्याउँदा भट्टराईले ११८१ र एमालेकी न्यौपानेले १७२ मत ल्याइन् । त्यसैगरि न्यौपानेको वडा भानु नपा ८ मा स्वर्णिमले ८९४ मत ल्याउँदा न्यौपानेले ५६१ र भट्टराईले २८३ मत पाए । त्यसैगरि नेपाली कम्युनिष्ट पार्टीका विद्या ढकालको वडा भानु नपा ४ मा ढकालले ५१ मत पाउँदा स्वर्णिमले ८६८, गोविन्दले ३८४ र भगवतीले ३४७ मत पाइन् ।

पालिका स्तरको मत परिणाम अनुसार देवघाट गाउँपालिकाबाट स्वर्णिमले २९२८ पाउँदा गोविन्दले १६५७ र भगवतीले ११०१ मत पाए । त्यस्तै आबुँखैरेनी गाउँपालिकाबाट स्वर्णिमले ४६७८ मत पाउँदा गोविन्दले ९३९ र भगवतीले ४०१ मत पाए । त्यसैगरि बन्दीपुर गाउँपालिकाबाट स्वर्णिमले ४६२९ मत पाउँदा गोविन्दले १७९८ र भगवतीले ७४५ मत पाए ।

त्यस्तै भानु नगरपालिकाबाट स्वर्णिमले १२२३५ मत पाउँदा गोविन्दले ५१५५ र भगवतीले २४९७ मत पाइन् । त्यस्तै व्यास नगरपालिकाबाट स्वर्णिमले १३५६२ मत पाए भने गोविन्दले ६६७८ र भगवतीले १०८४ मत पाइन् । यो मतपरिणामले डेढ वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन